चर्चित गायक हेमन्त शर्माको ‘बरिखा’ गित बजारमा (भिडियो सहित)

चर्चित गायक हेमन्त शर्माको ‘बरिखा’ गित बजारमा (भिडियो सहित)

barikha1

तनहुँ । चर्चित गायक हेमन्त शर्मा नयाँ गीत “बरिखा” बजारमा आएको छ । ‘बरिखा..’ बोलको गीत मंगलबार दिउसो युटुबमा सार्वजनिक गरिएको हो । “हरि हरि हरि गल्ती भए माफी पाउ पैले भन्छु सरी…” भन्दै ‘बरिखा’ गित लिएर शर्मा आएका हुन् ।  उक्त गितमा शब्द तथा संगीत गायक शर्माको नै रहेको छ । गितको एरेन्ज भने श्यामस्वेत रसाइलीले गरेका हुन् । उक्त गित भाइभ एण्ड वेभ-डान्स स्टुडियो नेपालको युटुब च्यानलबाट बजारमा आएको हो ।

उक्त गीतको भिडियोमा राहुल शाह, भिमफेदी गाइज, अलिसा राई, सारा सिरपाइली, सुनिल क्षेत्री, अलिशा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । शर्माले नयाँ गित लिएर आफ्ना स्रोता तथा दर्शकमाझ आएका हुन् । पवन सुस्लिङको सिनेमेटोग्राफी रहेको भिडियोको निर्देशन राहुल शाहले गरेका हुन् ।

“यो गीत नयाँ पुस्ता संग गासिने प्रयास हो । नयाँ देखि पुराना कुरा समेटेको छु । नयाँ र पुरानो दुबै पुस्ताले गीत रुचाउनु हुन्छ भन्ने विश्वास लिएको छु” हेमन्तले भने, “ केहि नयाँ र फरकपन प्रयोगका लागि धेरै कलाकारको संख्या आवद्ध रहेको छ ।” यो गितको भिडियो नै ५ दिन लगाएर ठुलो टिममा सुटिङ गरिएको गायक शर्माले जानकारी दिए । गायक शर्माको यस अघि ‘पातली..’ गीत बजारमा आएको थियो ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ