सुन्दरकुमार थकाली
मुस्ताङ,२ असोज
थासाङको ओझेलमा परेको गाउँ झिप्रा देउरालीका एक यूवाले सट मुभि निर्माण गरेका छन् ।दुरदराजको जिल्ला मुस्ताङको एकान्त कुनामा जन्मिएका युवा प्रतिभा देउबहादुर बिकले सट मुभि बाध्यता निर्माण गरेका हुन् ।
आफ्नै निजि श्रोतसाधन प्रयोग गरेर निमार्ण गरिएका मुभि बाध्यताको निर्माण निर्देशन तथा अभिनय उनैको छ ।उनले यस मुभिमा दर्जनौ तामाङ तथा नेपाली सदाबहार गितमा अभिनय गरेकी मोडल बेली तामाङलाई नायिकाको रुपमा प्रस्तुत गरेका छन् ।उनको मुभिमा मुस्ताङका नवप्रतिभाहरुलाई समेत समेट्न खोजेका छन् ।संम्पूर्ण निजी श्रोत साधन आफ्नै प्रयोग गरेका देउले मुभि बाध्यतामा करिव ९० हजार खर्च गरेको बताउछन् ।
मुभि बाध्यता अन्तरजातिय प्रेम सम्वन्ध र बिदेशीने यूवाको आत्मकथामा आधारित रहेकोे उनले बताए ।थकाली यूवती र दलित यूवाबीचको प्रेम सम्वन्धबीचमा पारिवारिक द्धन्द र बाध्यताका चुनौतिहरु छताछुल्ल झल्काउने प्रयास गरेको देउले बताए ।यसअघि स्थानीय कार्यक्रमहरुमा बिभिन्न बिधामा हाँस्य अभिनय गर्दे आएका देउले मुस्ताङको धार्मिक ,ऐतिहाँसिक तथा सांस्कृतिक डकुमेन्टी समेत तयार गर्ने गरेको खुलाए ।उनले मुस्ताङ जस्तो ठाउँमा रहेरै प्रतिभा उजागर गर्ने देखि अरु प्रतिभालाई समेत मौका दिने उद्देश्यले पहिलो प्रयास थालेको बताए ।‘ मोफसलमा यस्ता कार्यक्रम धेरै हुँने गरेको भएपनि स्थानीय स्तरमा प्रतिभा ओझेल परका छन् ।खेलकुद होस् या नृत्य वा आदी आदी ।कसैले क्षमता देखाउने मौका पाएका छैनन् ।’देउले भने ।मुभि बाध्यताको छायाँङ्कन थासाङको लेते ,छयो,घरपझोङको जोमसोम,ठिनी,स्याङ र मार्फा अनि वारागुङ मुक्तिक्षेत्रको कागबेनी र मुक्तिनाथमा भएको निर्माता निर्देशक देउले बताए ।
जोमसोमको प्रभु बैङ्कमा कार्यरत दलित यूवा देउले मुस्ताङको पर्यटक प्रर्वधन तथा कृषिक्षेत्रको प्रर्वधनका लागि पनि डकुमेन्टी तथा सट मुभि तयार गर्ने जनाए ।उनले राजधानीका बिभिन्न अवसरहरु मुस्ताङ सम्म आउन नसकेकाले जिल्लाका प्रतिभा छाँयामा परेको उल्लेख गरे ।कुनै आर्थिक मुनाफा कमाउने उद्देश्य होईन’,देउले भने‘ क्षमता अभिबृद्धि तथा मुस्ताङको साख जोगाउने सोच मात्रै हो ।’
मुस्ताङे प्रतिभा देउबहादुरकै निर्देशनमा रिलिजको सम्मुख रहेको मुभि बाध्यताको कथा उनैले तयार पारेका हुन् ।उनले आफुले गरेको सृजनात्मककार्यमा सरोकारवालाहरुले पनि सहयोग गर्नुपर्ने अपेक्षा व्यक्त गरे ।
सम्बन्धित खबर
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
मार्चेः मुस्ताङको एक लुकेको स्वर्ग [फोटो फिचर]
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’