पोखरा । पोखराको पृथ्वीचोकमा रहेको पेट तथा कलेजो रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर) ले कलेजोको अवस्था जाच्ने अत्याधुनिक मेसिन पोखरा भित्राएको छ । १ वर्षअघि कलेजो र पेट रोगको सुपरस्पेसलिटी सेवा सुरु गरेको केन्द्रले करिब १ करोड लागतमा लिभर स्क्यान किनेको हो ।
यो मेसिनलाई फाइबर टच पनि भनिन्छ । राजधानीबाहिर नेपालमै पहिलो पटक यो मेसिन ग्यास्ट्रो केयरले किनेको हो । केन्द्रमा पेट तथा कलेजो रोगमा डिम गरेका डा. सुवास भट्टराईले सेवा दिने गरेका छन् । डा. भट्टराईले विश्वकै विख्यात अस्पतालमा प्रयोग हुने यो मेसिन आएपछि कलेजोको उपचारमानयाँ कदम सुरु भएको बताए ।
मेसिनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले अब कलेजोको कुनै पनि उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको उल्लेख गरे । कलेजो रोगी, सिरोसिस भएका, रक्सी नियमित खाने, हेपाटाइटिस बि र सि भएका, मधुमेह र कलेजोमा बोसो जमेकाहरुलाई यसको परीक्षण आवश्यक पर्ने जनाइएको छ ।
डा. भट्टराईले लिभर स्क्यानबाट कलेजो कति मात्रामा बिग्रिएको छ वा कसरी उपचारबाट सुधार हुँदै छ भनी सजिलै पत्ता लाग्ने जानकारी दिए । उनले भने, ‘बायप्सी गर्दा पीडा हुने, रिपोर्ट आउन समय लाग्ने, भर्ना हुनुपर्ने अवस्था थियो । यसले उपचारमा सहयोगमात्र गर्दैन, कलेजो रोगबाट बचाउन पनि उपयोगी हुन्छ ।’करिब सामान्य एक्सरे हुने समयमै हुने यो परीक्षणका लागि ७ हजार ५ सय शुल्क लाग्छ ।
ग्यास्ट्रो केयर प्रालिका अध्यक्ष डा. मेरिना ज्ञवाली भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा युनाइटेड रेफरेन्स प्रालिका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र गिरबहादुर खत्रीले पनि बोलेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो