गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखराको जनप्रिय स्कुल अगाडि दुई समूहबीच कुटपिट हुँदा दुई विद्यार्थी घाइते भएका छन् ।
विहीबार बिहान करिब साढे १० बजेको समयमा अपरिचित व्यक्तिहरुले कुटपिट गर्दा पोखरा – ५ पस्र्याङका १७ बर्षीय सुनिल श्रेष्ठ र पोखरा ८ सिर्जनाचोकका १७ वर्षकै शिव कार्की घाइते भएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए । कार्की कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जनायो ।
कुटपिटबाट घाइते भएका उनीहरुको फेवासिटी हस्पिटलमा उपचार भइरहेको उनले जानकारी दिए । घटना भएको नजिकैबाट भिआर बाइक नियन्त्रणमा लिएको थियो तर यातायात व्यवस्था कार्यालयको सहयोगमा अनुसन्धानपछि घाईतेको आफन्तको भएको खुलेको डिएसपी कार्कीले जनाए ।
कुटपिटमा संलग्न भई फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
…………..
नोटः भिआर बाइकको वास्तविकता यातायात कार्यालयबाट थाहा भएपछि थप सूचनापछि अद्यावधिक गरिएको
(प्रतिकात्मक तस्विर)
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
सुरक्षा पालुवाको १८ औं स्थापना दिवसमा भवन उद्घाटन एवम् रक्तदान
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै, ३ बजेपछि प्रदेश सभा बैठक
स्याङ्जामा गस्ती गएका प्रहरीमाथी कुटपिट, चौकी इन्चार्जलाई कुट्ने दुई युवा पक्राउ
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग