तनहुँ । सामाजिक हितका लागि सन् २००० देखि तनहुँमा स्थापित रोटरी क्लव अफ दमौलीले बिहिबार तनहुँका दुई सामुदायिक विद्यालयमा सिलिङ्ग पंखा वितरण गरेको छ । विहीवार आयोजित छुटाछुटै कार्यक्रममा रोटरि क्लव अफ दमौलीले व्यास-६ स्थित ईन्दु मावि र व्यास-५ को जनजुक्त शाहि माविमा पंखा वितरण गरेको हो ।

उक्त विद्यालयमा क्रमश: १० र १२ वटा पंखा वितरण गरिएको रोटरी क्लव अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले जानकारी दिए । साथै वितरण गरिएको सामाग्रीहरुको राम्रो सदुपयोग गर्नुपर्नेमा उनले बताए ।

रोटरी क्लव तथा रोट्रयाक्ट क्लव अफ दमौलीका पदअधिकारी सहितको सहभागितामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष र प्रधानध्यापकलाई संयुक्त रुपमा कार्यक्रमका प्रमुख अतिथी तथा क्लबका पुर्व अध्यक्ष देवकुमार श्रेष्ठले ति सामाग्री वितरण गरेका थिए ।

विद्यार्थीलाई अध्ययनअध्यापनका लागि सहजता होस भन्ने उदेश्यले ति सामाग्री वितरण गरिएको क्लवका पुर्व अध्यक्ष रजिनलाल श्रेष्ठले बताए । रोटरी क्लव सामाजिक क्षेत्रमा काम गर्ने संस्था भएको बताउदै विद्यालयमा सानो सहयोग गर्न पाउदा खुशि लागेको क्लबका निर्वतमान अध्यक्ष इम कुमार मल्लले बताए ।

कार्यक्रममा विद्यालयका तर्फ बाट ईन्दु मावि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्रकान्त भण्डारी, प्राधानध्यापक यज्ञराज काफ्ले त्यसै गरी जनजुक्त शाहि माविका प्राधानध्यापक ज्ञानेन्द्र न्यौपाने लगायतकाले वोल्दै सहयोग प्रति धन्यवाद ज्ञापन गरेका थिए । क्लवका सचिव दामोदर भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा क्लबका विना कैनि , रोट्रयाक्ट क्लब अफ दमौलीका कोषाध्यक्ष तथा विद्यालयका पुर्वविधार्थी राजकुमार श्रेष्ठ लगायतकाले बोलेका थिए ।
सम्बन्धित खबर
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते
दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच
दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडकः तनहुँको दमौली बजारमा धमाधम कालोपत्र हुँदै
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते