तनहुँ । सामाजिक हितका लागि सन् २००० देखि तनहुँमा स्थापित रोटरी क्लव अफ दमौलीले बिहिबार तनहुँका दुई सामुदायिक विद्यालयमा सिलिङ्ग पंखा वितरण गरेको छ । विहीवार आयोजित छुटाछुटै कार्यक्रममा रोटरि क्लव अफ दमौलीले व्यास-६ स्थित ईन्दु मावि र व्यास-५ को जनजुक्त शाहि माविमा पंखा वितरण गरेको हो ।

उक्त विद्यालयमा क्रमश: १० र १२ वटा पंखा वितरण गरिएको रोटरी क्लव अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले जानकारी दिए । साथै वितरण गरिएको सामाग्रीहरुको राम्रो सदुपयोग गर्नुपर्नेमा उनले बताए ।

रोटरी क्लव तथा रोट्रयाक्ट क्लव अफ दमौलीका पदअधिकारी सहितको सहभागितामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष र प्रधानध्यापकलाई संयुक्त रुपमा कार्यक्रमका प्रमुख अतिथी तथा क्लबका पुर्व अध्यक्ष देवकुमार श्रेष्ठले ति सामाग्री वितरण गरेका थिए ।

विद्यार्थीलाई अध्ययनअध्यापनका लागि सहजता होस भन्ने उदेश्यले ति सामाग्री वितरण गरिएको क्लवका पुर्व अध्यक्ष रजिनलाल श्रेष्ठले बताए । रोटरी क्लव सामाजिक क्षेत्रमा काम गर्ने संस्था भएको बताउदै विद्यालयमा सानो सहयोग गर्न पाउदा खुशि लागेको क्लबका निर्वतमान अध्यक्ष इम कुमार मल्लले बताए ।

कार्यक्रममा विद्यालयका तर्फ बाट ईन्दु मावि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्रकान्त भण्डारी, प्राधानध्यापक यज्ञराज काफ्ले त्यसै गरी जनजुक्त शाहि माविका प्राधानध्यापक ज्ञानेन्द्र न्यौपाने लगायतकाले वोल्दै सहयोग प्रति धन्यवाद ज्ञापन गरेका थिए । क्लवका सचिव दामोदर भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा क्लबका विना कैनि , रोट्रयाक्ट क्लब अफ दमौलीका कोषाध्यक्ष तथा विद्यालयका पुर्वविधार्थी राजकुमार श्रेष्ठ लगायतकाले बोलेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते