पोखरा ५ असोज । स्याङ्जाको भालु पहाडलाई उत्कृष्ट टुरिजम स्पोट बनाइने भएको छ । पर्यटकिय स्थलको रुपमा पहाडलाई थप आकर्षक बनाउन फेदिखोला गाँउपालिकाले गुरुयोजनानै तयार पारेको छ । ४५ करोड लागतको गुरुयोजना अनुसार भालु पहाडमा मानव निर्मित थुप्रै संरचना थपिनेछ । जुसले यो पहाडलाई जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थलको रुपमा विकास गर्नेछ ।
पोखराबाट २८ किलोमिटरको दुरीमा सिद्धार्थ राजमार्गको किनार स्याङ्जाको फेदिखोला गाँउपालिका स्थित यो पहाड प्राकृतिक रुपमम निकै आकर्षक छ । फेदिखोला गाँउपालिकाले भालुपहाड एकिकृत गुरुयोजना नै तयार गरेको छ । खोला घुमेर बगेको विच पहाडलाई तिर्थस्थलको रुपमा समेत विकास गर्ने योजना गाँउपालिकाको छ ।
https://youtu.be/8rCA3BmMAgU
योजना अनुसार लुम्बिनीबाट पोखरा हुदै मुक्तिनाथ जाने हिन्दु र बौद्ध धर्मावलम्बी तिर्थयात्रीलाई लक्षित गरी शिब र बुद्धको मूर्ति बनाइनेछ । २३ फिट अग्लो भगवान शिब र बुद्धको मूर्ति बनाइने र दुई मूर्तिलाई जोड्ने गरी विचमा १४ मिटर लामो र १० मिटर अग्लो काठको पुल निर्माण गरिनेछ ।
पहाडी भु बनोट सुहाउदो बिशिष्ट टुरिजम स्पोट बनाउने क्रममा सिद्धार्थ राजमार्गबाट जानका लागि २०० देखि साढे दुई सय वटा आकर्षक सिँढी निर्माण गरिनेछ । अर्को तर्फबाट आउनका लागि खोला माथि १७५ मिटर लामो झोलुङ्गेपुल निर्माण गरिनेछ । पहाडमा स्थानीय संस्कृति झल्कने दृष्यसहित बाल उद्यान, वाटर फाउण्टेन चमेना गृह लगायत रहनेछ । राजमार्गबाटनै प्रष्ट देखिन सक्ने गरी निर्माण गरिने शिव र बुद्धको मूर्तिले राजमार्गका यात्रुलाई पनि आकर्षित गर्ने विश्वास लिइएको छ । पहाड आसपास पदमार्ग निर्माण गरिने, जिप फ्लाईङ , खोलामा स्टिमर चलाउने र नजिकको बस्तीमा होम स्टे चलाउने योजना समेत गाँउपालिकाले अघि सारेको छ ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो