पोखरा, ५ असोज । ‘जिरो इमिसन (शुन्य कार्बन उत्सर्जन) डे’ को अवसरमा ’रन फर ग्रिन’ भन्ने मुल नाराका साथ वन विज्ञान अध्ययन संस्थान पोखरामा म्याराथन प्रतियोगिता भएको छ ।
सेफ नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा वन क्याम्पस लगायत विभिन्न विद्यालयका ४६ जना पुरुष र महिला प्रतियोगीहरु सहभागी भएका थिए । वन क्याम्पसबाट सुरु भई कान्तिपुर चोक, भारतीय पेन्सन क्याम्प, बुद्धचोक, ईन्द्रचोक हुँदै वन क्याम्पसमा आई ५ कि.मी. को दुरीमा टुङ्गिएको थियो ।
पुरुष तर्फ वन क्याम्पसकै सुसान रिमाल प्रथम, भ्यु प्वाइन्ट स्कुलका सुरज नेपाली द्वितीय र वन क्याम्पसका विवेक श्रेष्ठले तृतीय स्थान प्राप्त गरे । यस्तै, महिला तर्फ वन क्याम्पसका बिभुती थापा प्रथम, मेलिना पन्त द्वितीय र कल्पना अधिकारीले तृतीय स्थान हासिल गरे।
कार्यक्रमका प्रमुख अतिथी क्याम्पसका निमित्त प्रमुख ठाकुर सिलवालले आगामी दिनहरुमा यस्तै जनचेतनामुलक कार्यक्रमको निरन्तरताको शुभकामना दिँदै सम्पुर्णलाई बधाई दिएका थिए। सेफ नेपालका अध्यक्ष सन्तोष पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने विभिन्न संघसंस्था र स्कुलहरुलाई धन्यवादका साथै विजेता तथा सहभागी प्रतियोगीहरुलाई बधाई दिदै कार्यक्रमको समापन गरेका थिए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु