पोखरा । युनिक्याम्पस ग्लोवलले अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको ‘गो अष्ट्रेलिया एजुकेशन फेयर’ सोमवार हुदैछ ।
सन् २००१ मा स्थापना भएको यस युनिक्याम्पस ग्लोवलले अष्ट्रेलियामा स्नातक, स्नातकोत्तर तथा बिद्याबारिधी गर्ने जाने बिद्याथीलाई लक्षित गरी फेयरको आयोजना गरेको हो । फेयरमा युनिर्भरसिटी ले दिने विभिन्न छात्रबृत्तिका बारेमा जानकारी दिईने युनिक्याम्पस ग्लोवल पोखराका बिजनेश डेभलपमेन्ट म्यानेजर सुरज राना ले बताए ।
“धेरै विद्यार्थी तथा अभिभावकको सपनाको सुन्दर ठाँउ अष्ट्रेलिया भएपनि कुरा नबुझी जाँदा दुःख पाउन सक्नुहुन्छ”, रानाले भने, “महत्वाकांक्षा बोकेर जाँदा विद्यार्थीमा नैराश्यता बढेको छ ।” यही अज्ञानता र भ्रम हटाउनका लागि एजुकेसन फेयर गर्न लागिएको उनले बताए । अष्ट्रेलियाको अध्ययन पछिको अवसरका बारेमा पनि विद्यार्थी तथा अभिभावकलाई बुझाउने उनले बताए ।
फेयरमा अनुभवी काउन्सिलर तथा अष्ट्रेलियन कलेज तथा विश्वबिद्यालयका प्रतिनिधिहबाट यथार्थ जानकारी प्रदान गरिनेछ ।
गो अष्ट्रेलिया एजुकेसन फेयरमा डेकिन युनिभर्सिटी, जेम्स कुक यूनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिर्भसिटी, भिक्टोरिया युनिभर्सिटी, मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, साउथन क्रस युनिभर्सिटी, एटीएमसि, सिजम टेफ, ब्राइटन कलेज, बक्स हिल, नभितास, सिक्यू युनिभर्सिटी लगायत अष्ट्रेलियाका १५ वटा कलेज तथा युनिभर्सिटी हरुका प्रतिनिधिहरुको उपस्थिति रहने युनिक्याम्पस पोखराका संचालक शिव वाग्ले ले जानकारी दिए ।
युनिक्याम्पसले अष्ट्रेलियाका ख्याती प्राप्त कलेजका अलावा सरकारी कलेज तथा विश्वबिद्यालयका प्रतिनिधिहरु उपस्थिती गराएर त्यहाँको शैक्षिक अवस्था, बिद्यार्थीले पाउने छात्रबृत्ति तथा पढाई पछाडीको अवसरको बारेमा बिद्यार्थी तथा अभिभावकहरुसँग अन्तरत्रृmया गर्नेुको साथै यस गो अष्ट्रेलिया एजुकेशन फेयरमा आउने सबै विद्यार्थी हरुलाई १०० रुपैयाँको रिर्चाज कार्ड र एक जना लाई सामसुङ ग्यालेक्सी ट्याव उपलब्ध गराउने वाग्ले ले जानकारी दिए ।
फेयरमा बिद्यार्थीको शैक्षिक तथा आर्थिक अवस्थाको जानकारी लिई त्यहि अनुसारको कलेज तथा बिश्वविद्यालय छनोटमा युनिक्याम्पसका काउन्सिलरहरु र यूनिर्भरसिटीका प्रतिनिधीहरुले ले सहजीकरण गर्नेछन । युनिक्याम्पसले अष्ट्रेलिया, अमेरिका, थाईलैण्ड तथा भारतमा अध्ययन गर्न जाने बिद्यार्थीहरुलाई परामर्शको साथै भिषा आवेदन गर्दा सहयोग गदै आएको छ । यूनिक्याम्पस ग्लोवल पोखराले बिद्यार्थीलाई आइईएलटिस, टोफलका तयारी कक्षाहरुका साथै आइटी कक्षाहरु समेत सञ्चालन गर्दछ ।
गो अष्ट्रेलिया एजुकेशन फेयर सोमबार विहान ठिक १० बजे बाट दिउंसो ५ बजे सम्म होटल पोखरा ग्रान्ड बिरौटामा हुने छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो