पोखरा । युनिक्याम्पस ग्लोवलले अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको ‘गो अष्ट्रेलिया एजुकेशन फेयर’ सोमवार हुदैछ ।
सन् २००१ मा स्थापना भएको यस युनिक्याम्पस ग्लोवलले अष्ट्रेलियामा स्नातक, स्नातकोत्तर तथा बिद्याबारिधी गर्ने जाने बिद्याथीलाई लक्षित गरी फेयरको आयोजना गरेको हो । फेयरमा युनिर्भरसिटी ले दिने विभिन्न छात्रबृत्तिका बारेमा जानकारी दिईने युनिक्याम्पस ग्लोवल पोखराका बिजनेश डेभलपमेन्ट म्यानेजर सुरज राना ले बताए ।
“धेरै विद्यार्थी तथा अभिभावकको सपनाको सुन्दर ठाँउ अष्ट्रेलिया भएपनि कुरा नबुझी जाँदा दुःख पाउन सक्नुहुन्छ”, रानाले भने, “महत्वाकांक्षा बोकेर जाँदा विद्यार्थीमा नैराश्यता बढेको छ ।” यही अज्ञानता र भ्रम हटाउनका लागि एजुकेसन फेयर गर्न लागिएको उनले बताए । अष्ट्रेलियाको अध्ययन पछिको अवसरका बारेमा पनि विद्यार्थी तथा अभिभावकलाई बुझाउने उनले बताए ।
फेयरमा अनुभवी काउन्सिलर तथा अष्ट्रेलियन कलेज तथा विश्वबिद्यालयका प्रतिनिधिहबाट यथार्थ जानकारी प्रदान गरिनेछ ।
गो अष्ट्रेलिया एजुकेसन फेयरमा डेकिन युनिभर्सिटी, जेम्स कुक यूनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिर्भसिटी, भिक्टोरिया युनिभर्सिटी, मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, साउथन क्रस युनिभर्सिटी, एटीएमसि, सिजम टेफ, ब्राइटन कलेज, बक्स हिल, नभितास, सिक्यू युनिभर्सिटी लगायत अष्ट्रेलियाका १५ वटा कलेज तथा युनिभर्सिटी हरुका प्रतिनिधिहरुको उपस्थिति रहने युनिक्याम्पस पोखराका संचालक शिव वाग्ले ले जानकारी दिए ।
युनिक्याम्पसले अष्ट्रेलियाका ख्याती प्राप्त कलेजका अलावा सरकारी कलेज तथा विश्वबिद्यालयका प्रतिनिधिहरु उपस्थिती गराएर त्यहाँको शैक्षिक अवस्था, बिद्यार्थीले पाउने छात्रबृत्ति तथा पढाई पछाडीको अवसरको बारेमा बिद्यार्थी तथा अभिभावकहरुसँग अन्तरत्रृmया गर्नेुको साथै यस गो अष्ट्रेलिया एजुकेशन फेयरमा आउने सबै विद्यार्थी हरुलाई १०० रुपैयाँको रिर्चाज कार्ड र एक जना लाई सामसुङ ग्यालेक्सी ट्याव उपलब्ध गराउने वाग्ले ले जानकारी दिए ।
फेयरमा बिद्यार्थीको शैक्षिक तथा आर्थिक अवस्थाको जानकारी लिई त्यहि अनुसारको कलेज तथा बिश्वविद्यालय छनोटमा युनिक्याम्पसका काउन्सिलरहरु र यूनिर्भरसिटीका प्रतिनिधीहरुले ले सहजीकरण गर्नेछन । युनिक्याम्पसले अष्ट्रेलिया, अमेरिका, थाईलैण्ड तथा भारतमा अध्ययन गर्न जाने बिद्यार्थीहरुलाई परामर्शको साथै भिषा आवेदन गर्दा सहयोग गदै आएको छ । यूनिक्याम्पस ग्लोवल पोखराले बिद्यार्थीलाई आइईएलटिस, टोफलका तयारी कक्षाहरुका साथै आइटी कक्षाहरु समेत सञ्चालन गर्दछ ।
गो अष्ट्रेलिया एजुकेशन फेयर सोमबार विहान ठिक १० बजे बाट दिउंसो ५ बजे सम्म होटल पोखरा ग्रान्ड बिरौटामा हुने छ ।
सम्बन्धित खबर
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर
स्याङ्जामा सत प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइयो
स्वास्थ्य सचिवमा वहालीको माग गर्दै बिनोदबिन्दुले दायर गरेको रिट उच्चद्वारा खारेज
सदाचार र नैतिकताले सुशासन र समृद्धिः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति