मुस्ताङ सुन्दरीको ताज अपेक्षा थकालीलाई

मुस्ताङ सुन्दरीको ताज अपेक्षा थकालीलाई

Gandaknews Cover

सुन्दरकुमार थकाली, मुस्ताङ । ४८ औ संस्करणको थाक खेलकुद च्याम्पियनशिप रनिङशिल्ड प्रतियोगिता अन्तर्गत यसवर्षको मुस्ताङ सुन्दरीको ताज स्वर्गिय कवि भुपी शेरचनको पूख्यौलीथलो थाक टुकुचेकी अपेक्षा थकालीले पहिरिएकी छिन् ।

शनिवार भएको अन्तिम राउण्डमा थकालीलाई मिस मुस्ताङ २०१८ घोषणा गरिएको हो ।यसअघि उनी ८ प्रतिस्पर्धी मध्ये उत्कृष्ट ५ मा छनौट भएकी थिईन् ।अन्दाजी ५ फिट २ ईन्च उचाई भएकी अपेक्षा थकाली अहिले १६ वर्ष उमेरकी भईन् ।योगेन्द्र उच्च मावि टुकुचेमा कक्षा १२ मा कमर्स बिषय लिएर अध्ययन गर्दे गरेकी उनले मुस्ताङ जिल्ला आर्थिक समृद्धि हासिल गर्ने प्रदेशकै धरोहर भएको बताएकी छिन् ।

मिस मुस्ताङ २०१८ अन्तर्गत निर्णायक मण्डलले मुस्ताङलाई कसरी चिनाउन सकिन्छ भन्ने उनलाई सोधेको प्रश्नको उत्तरमा मुस्ताङ जिल्ला अथाह संम्भावना भएको जिल्लाको रुपमा चिनिएको दावी गरिन् ।मुस्ताङ जिल्लालाई आर्थिक समृद्धिको दिसातर्फ अघि बढाउन कृषि,यातायात ,पर्यटन र धार्मिक संम्पदाको बिकास महत्वपूर्ण भएको उनले जनाईन् ।यहाँ यूरोनियम ,नुनखानी ,ग्यास खानी तथा जलश्रोत आदीले धनी भएको उल्लेख गर्दे मिस मुस्ताङ थकालीले यसको समूचित बिकास तथा उत्खनन् तर्फ सरकारले कदम चाल्नुपर्ने जिकिर गरिन् ।

उनले मुस्ताङ जिल्लामा मुक्तिनाथ ,कागबेनी ,दामोदरकुण्ड तथा प्राचिन धार्मिक गुम्बाहरुले प्रख्यात रहेको उल्लेख गरिन् । यहाँको फरक भुगोल नियाल्न स्वदेशी तथा तेश्रो मुलुकका पर्यटक वर्षेनी ओईरिने गरेको उनले खुलाईन् ।पछिल्लो समय मुस्ताङ नाम मात्रैले विश्व सामू चर्चित भईरहेको स्मरण गर्दे उनले उत्तरी कोरलानाकाको संञ्चालन तथा यहाँ उत्पादित स्याउ ,आलु र फापर आदीको बजारिकरण बिस्तारमा जोड दिनुपर्ने बताईन् ।

मिस मुस्ताङ थकालीले महिला हकहित र उत्थानका लागि समर्पित रहिरहने बताईन् ।महिलाहरुलाई जतिसुकै अधिकारका कुरा गरिएपनि अझै समाजबाट महिलाहरु शोषण ,उत्पिडन र दमनमा पर्दे आएको उल्लेख गर्दे यस्ता अराजक प्रबृद्धिको अन्त्य गर्न सरकार गम्भिर हुनुपर्ने सुझाईन् ।‘मुस्ताङ सुन्दरी भएकी छु ।महिला अधिकार र सुरक्षाका लागि आवाज उठाउने छु ।’

उनले भनीन् । लैङ्गिक हिंसाको अन्त्यका लागि महिला शिक्षा अनिवार्य छ ।’उनले भनीन् ।सुन्दरता भनेको के हो भन्ने प्रश्नको जवाफ दिदै मिस मुस्ताङ थकालीले सुन्दरता भनेको भित्री र बाहिरी दुबै आवश्यक भएको बताईन् ।जीउडालले मात्र नभई आत्मबिस्वास,स्वच्छन्दता,,ईमान्दारिता र निर्णय क्षमता महत्वपूर्ण भएको उनको भनाई छ ।

प्रतियोगितामा निर्मल स्पोटिङकी सोनिया पूर्जा प्रथम रनरअफ,जनहित यूवाक्लवकी श्वेता बाँनिया सेकेन्ड रनरअफ तथा मिस ट्यालेन्ट मिलीजुली यूवाक्लव मार्फाकी सन्जु ज्वाहारचन भईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ