तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ मनहरीमा मंगलबार बिहान माइक्रोबस र बस ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्र्तगत दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र पोखराबाट सुनौली तर्फ जाँदै गरेको लु १ ख ४१९५ नम्बरको बस एक आपसमा ठोक्किदाँ माइक्रोबसमा यात्रारत दुई जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी सिद्धिबिक्रम शाहले जानकारी दिए ।

दुर्घटनामा परी व्यास-११ घर भई हाल व्यास-१ भादगाउँ बस्दै आएकी ३४ वर्षीय सरस्वती कुवाँर र व्यास-४ की ५० वर्षीय चिजामाया श्रेष्ठको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उक्त दुर्घटनामा माइक्रो बसका चालक तुलबहादुर विकसहित ९ जना घाइते भएका छन् । घाइते मध्ये व्यास-२ की ८० वर्षीय बिष्णुकमारी बस्नेतको अवस्था गम्भीर छ ।
घाइतेहरुलाई थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा १ जना र मणिपाल अस्पातालमा ८ जनाको उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटना बिहान सवा ६ बजेको समयमा भएको थियो । दुर्घटनामा माइक्रोको अघिल्लो भागमा क्षति ग्रस्त पुगेको छ ।
तस्बिर : बिकास खनाल
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्