कमला राना, नवलपुर । नवलपुरमा विवाह गर्न नमानेको भन्दै एक महिलामाथि एसिड आक्रमण भएको छ। कावासोती नगरपालिका–१७, डण्डा बजारकी ३० वर्षीया वसन्ती परियारमाथि एसिड प्रहार गरी छुरा समेत हानिएको छ ।
एसिड र छुरा प्रहारवाट घाइते भएकी महिलाको चितवनस्थित भरतपुर अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ। छिमेकमै रहेका विमल शिर्पालीले उनलाई एसिड तथा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । विमललाई प्रहरीले पक्राउ गरिसकेको छ। उनले प्रहरी सामु घटना स्वीकार गरेका छन् ।
एसिड प्रहारबाट बसन्तीको अनुहार, घाँटी, छाती तथा दुवै हात जलेको छ । उनको शरिरको २० प्रतिशत भाग एसिड प्रहारबाट जलेको उपचारमा संलग्न चिकित्सक बताउँछन् । एसिड आक्रमणमा परेका बिरामीको अवस्थाबारे ४८ घण्टापछि मात्रै भन्न सक्ने अवस्था भएपनि बसन्तीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुको भनाइ रहेको छ ।
डाक्टर सुरेश प्रधानका अनुसार एसिडका साथै युवकले चक्कु प्रहार गर्दा बसन्तीको सानो आन्द्रामा प्वाल पर्नुका साथै आन्द्रा बाहिर निस्किएको चिकित्सकहरु बताउँछन् । छातीमा प्रहार गरिएको चक्कुका कारण बसन्तीको फोक्सोमा समेत प्वाल परेको हुनसक्ने भन्दै चिकित्सकहरु अहिले उनको जीवन रक्षाको लागि उपचार भइरहेको बताए ।
स्थानीयका अनुसार श्रीपालीले परियारसँग एकतर्फी प्रेम गर्थे । विमलले आफू लामो समयदेखि वसन्तीको प्रेममा रहेको र विवाह गर्न नमानेकाले आक्रमण गरेको प्रारम्भिक बयान प्रहरी सामु दिएको बताइएको छ । उनले केहि दिन अघिबाट उनीसँग विवाह गर्ने प्रस्ताव नै राखेका थिए ।
बसन्ती र विमल दुवै विवाहित हुन् । वसन्ती परियारका एक छोरा र एक छोरी छन्। वैदेशिक रोजगारका लागि लामो समय मलेसियामा रहेका उनका श्रीमान् हालै मात्र नेपाल फर्किएका थिए।आइतबार साँझ तरकारी किनेर फर्कंदै गर्दा लुकेर बसेका विमलले पछाडिबाट बसन्तीको कपाल समातेर अनुहारमा एसिड खन्याइदिए। त्यसपछि तरकारी काट्ने चक्कुले अन्धाधुन्द प्रहार गरेका थिए।
विमलकी श्रीमती माइतमा बस्दै आएकाले सम्बन्धविच्छेद गर्ने तयारी आफु रहेको र बसन्तीसंग पुन विवाह गर्न चाहेको बताएका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु