तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट संयुक्त रुपमा खटिएको प्रहरीको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले गुणादि बाट लागु औषध गाजा सहित एक जना लाइ पक्राउ गरेको छ ।
धादिङ वेशी बाट पोखरा तर्फ जाँदै गरेको ना १ ख ३६७९ को यात्रु वहाक बस रोकी चेकजाँच गर्ने क्रममा तालिम प्राप्त कुकुरको सहयोगमा बसमा सवार रहेका नबलपरासी बुम्दीकाली गाँउपालिका वडा नं १ घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं ४ सिद्धार्थचोक बस्ने वर्ष २० को पारस सार्की पक्राउ परेका हुन ।
सार्कीले बोकेको झोला खानतलासी गर्दा उनले झोला भित्र लुकाई छिपाई ओसार पसार गर्दै गरेको अबस्थामा ३ किलो गाँजा फेला परेको हो । बुधबार म्याग्दे गाउँपालिका वडा नं १ गुणादी स्थित पृथ्वीराजमार्ग सडकमा चेकप्वाईन्ट राखेर राजमार्ग सडकमा चल्ने सवारी साधन तथा संकित ब्यक्तिहरुको चेकजाँच गर्ने क्रममा दिउसो साढे चार बजे प्रहरीले पक्राउ गरेको हो ।
उक्त लागु औषध गाँजा बरामद गरी उनलाई पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्याल जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्