पोखरा । ‘मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार’ बाट रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, गण्डकी प्रदेशका समाचार सम्पादक खेम सारुमगर सम्मानित भएका छन् । गण्डकी प्रदेशकी सांसद् मीना गुरुङले आफ्नो जन्म दिनका अवसरमा सो पुरस्कार स्थापना गरेकी हुन् ।
नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित सो पुरस्कार शुक्रबार ९आज० पत्रकार सारुलाई २० हजार नगद, सम्मानपत्र र दोसल्लासहित गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै कार्यवाहक मुख्यमन्त्री गुरुङले पछिल्लो समय बढेको सामाजिक अपराध नियन्त्रण गर्न बृहत सामाजिक अभियान सञ्चालन गर्नुपर्ने धारणा रााखे । नेपाली समाज गलत प्रवृत्ति र मानसिकताले अघि बढ्न थाल्नु चिन्ताजनक भएको भन्दै गुरुङले गण्डकी प्रदेशलाई हत्या, हिंसा र सामाजिक अपराधमुक्त सुन्दर अनि शान्त प्रदेश बनाउनुपर्ने बताए ।
सामाजिक सञ्जाल नकारात्मकताले भरिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत् नै सामाजिक अपराध बढ्दै गएको दाबी गरे । समाजलाई सभ्य र समुन्नत बनाउन मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै कार्यवाहक मुख्यमन्त्री गुरुङले मिडिया पनि थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले स्वच्छन्दता नभइ स्वतन्त्रता खोजेको भन्दै मिडियाजगतले पनि जिम्मेवार पत्रकारिता गर्न चाहेको भनाइ राखे ।
पुरस्कारकी संस्थापक एवं गण्डकी प्रदेशकी सांसद् मीना गुरुङले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै राज्यले पत्रकारलाई पेन्सनको व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।
अर्का प्रदेश सांसद् कृष्ण थापाले सांसद् गुरुङले आफ्नो जन्म दिनमा सिर्जनशील कार्य गरेकोमा प्रशंसा गर्दै यस्ता पुरस्कारले पत्रकारलाई प्रोत्साहन र हौसला मिल्ने बताए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, पुरस्कृत व्यक्तित्व खेम सारुमगर, शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्कीका संयोजक विष्णुप्रसाद बराल, नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०, गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल पत्रकार महासंघ, कास्कीका पूर्व अध्यक्ष रविन्द्र बाँस्तोला, प्रतिभा छनौट समितिका संयोजक नारायण कार्कीलगायतले बोलेका थिए ।
नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ