नवलपुर । बस र ट्रक एकआपसमा ठोक्किदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा शनिबार बिहान साढे ३ बजेको समयमा दुर्घाटना भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएकाे जानकारी अनुसार शनिबार विहान नेपालगन्जबाट काठमाडौं तर्फ जादै गरेकाे ना ७ ख ५६२९ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट जादै गरेकाे ना ६ ख ७७१९ नम्बरको ट्रक ठोक्किदा उक्त दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बसका चालक बाँके काेहलपुर-४ बस्ने २३ वर्षिय सुरज विक तथा साेहि बसमा सवार कपिलवस्तु बाणगंगा नगरपालिका-२ बस्ने २४ वर्षिय लक्ष्मण थारुकाे उपचारकाे लागि अस्पताल लैजादै गर्दा मृत्यु भएकाे हो ।
यसैगरी घाइतेहरूकाे मध्यविन्दु अस्पताल कावासोती, कालिगण्डकी कावासोतीमा मा उपचार भैरहेको तथा गम्भिर घाइते हरुलाई भरतपुर अस्पातल चितवनमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएकाे छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, चार जनाको मध्यविन्दु अस्पताल डण्डामा र १७ जनाको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण