गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
हिमालपारिको जिल्ला मनाङ जाने बेँसीशहर–चामे सडकखण्ड १९ दिनपछि सञ्चालनमा आएको छ । गत भदौ २७ गते अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बँेंसीशहर–चामे सडकखण्ड आज दिउँसोदेखि सञ्चालनमा आएको हो ।
वर्षापछि आएको बाढीपहिरोले मस्र्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बँेंसीशहर–चामे सडकखण्डको वैकल्पिक सडक नहुँदा मनाङका साथै उत्तरी भेगका घेर्मु, ताघ्रिङलगायतका स्थानीयवासीले समस्या भोग्नुपरेको थियो ।
अवरुद्ध सडक नियमित गर्न विस्फोटक पदार्थ र जेनेरेटरसहित ‘कम्प्रेसर’ यन्त्रको प्रयोग गरिएको थियो । डिभिजन सडक कार्यालय दमौलीको प्राविधिक सहयोग, बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित विद्युत् आयोजनाको उपकरण प्रयोग गरी रामबजारबाट घोप्टेभीर अर्खलेतर्फको अवरुद्ध सडक खुलाइएको हो । चट्टान हटाई विस्फोटन गराउन नेपाली सेना, नेपाल प्रहरीका सुरक्षाकर्मी, डिभिजन सडक कार्यालयका कर्मचारी र विद्युत् आयोजनाका कर्मचारी खटिएका थिए ।
सम्बन्धित खबर
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग