कावासोती, १६ असोज । नवलपुरको पहाडी क्षेत्र बुलिङ्टार गाँउपालिकाको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओम कुमार श्रेष्ठको रिहाईको माग गर्दै बुलिङटार क्षेत्रका सबै विद्यालयको पठन पाठन ठप्प पारिएको छ ।
विद्यालयमा ढिला आएको भन्दै कक्षा १० मा अध्ययरत विद्यार्थी खुमान सार्की नेपालीलाई कानको जाली फुट्ने गरि कुट्ने प्रधानाध्यापक श्रेष्ठको रिहाईको माग गर्दै नेपाल शिक्षक संघ बुलिङटारले मंगलबारदेखि विद्यालयको पठन पाठन ठप्प पारेको हो ।
नेपाल शिक्षक संघले मंगलबारदेखि १८ गते सम्म विद्यालयको पठन पाठन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि विद्यालय जाने विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । गत असोज २ गते कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमानलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक श्रेष्ठले कानको जाली फुटाइदिएका थिए ।
पीडित खुमानका बुवा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय नवलपुरमा असोज ५ गते किटानी जाहेरी दिएपछि आरोपित प्रधानाध्यापक श्रेष्ठलाई प्रहरीले असोज ११ गते पक्राउ गरि म्याद थप गरेको छ । नवलपुर प्रहरीले पीडितको उजुरीका आधारमा असोज ११ गते श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको हो ।
अदालतबाट ८ दिनको म्याद थप गराएर श्रेष्ठमाथी कुटपिट एवं अंगभंग गर्ने महलमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय नवलपुर मुद्दा शाखाका प्रहरी नायव निरीक्षक टीकाराम पोखरेलले जानकारी दिए ।
घाईते खुमानको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । भरतपुर अस्पतालका नाक, कान घाँटी रोग विज्ञषेश डा. रमेश भण्डारीका अनुसार प्रधानाध्यापकको कुटाइबाट खुमानको कानको जालीमा क्षति पुगेको छ । उनको सुन्ने क्षमतामा समेत कमी आएको डा. भण्डारीको भनाइ छ ।
घरबाट झण्डै डेढ घण्टा हिँडेर विद्यालय पुग्ने गरेका खुमानसहितका १० विद्यार्थीलाई प्रधानाध्यापक श्रेष्ठले १५ मिनेट ढिला आएको भन्दै लाइन लगाएर कुटेका थिए । यसअघि नेपाल शिक्षक महासंघ नवलपुरले प्रद्यानाध्यापक श्रेठलाई पक्राउ गरिएकोमा आपत्ति जनाउदै प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको थियो ।
दैनिक नेपालका लागि विजय चालिसेको न्युज > विद्यार्थीको कान फुटाउने शिक्षक रिहाईको माग गर्दै विद्यालय बन्द
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला