पोखरा, १६ असोज । युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा डेण्टल ल्याव टेक्निसियन सन्नी शाहलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखराको एक डेण्टल क्लिनिकमा काम गर्ने महिलालाई यौन दुव्र्यवहार गरेपछि पीडितले दिएको उजुरीको आधारमा सर्लाही सुन्दरपुर गाउँपालिका वडा नम्बर ४ घर भई हाल पोखरा गणेशटोल बस्ने ३० वर्षीय सन्नी शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।
सन्नीले विगत ६ महिनादेखि युवतीलाई बाराम्बार यौन दुव्र्यवहार गर्न प्रयास गर्ने गरेको र पछिल्लो समय असोज १३ गते जबर्जस्ती गर्न खोजेपछि पीडितले उजुरी दिएको र उजुरीको आधारमा शाहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाहलाई सोमबार म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को दफा २२४ बमोजिम मुद्धामा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।
पछिल्लो समय यस्ता घटनाहरु बढिरहेकाले कोहि कसैले गलत मनशायले जबर्जस्ती गर्न खोजेमा नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरी जानकारी दिन समेत कास्की प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित खबर
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना
अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी