पोखरा । स्याङयोङ गाडीको नयाँ शो रूम पोखरामा खुलेको छ । नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आइ.एम.एस गु्रप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइ.एम.एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको हो ।
आफ्नो स्थापनाको अवसर पारेर स्याङयोङले ‘स्याङयोङ अनबिटेबल अफर’ ल्याएको छ । यस अफर अन्र्तगत पोखरामा रहेका स्याङयोङका ग्राहकहरुलाई लक्षित गरि खरिद मूल्यमा रु ५ लाख सम्मको छुटको व्यवस्था गरिएको छ ।
यस्तै, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्यामसँग ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्ज सहित ३ वर्षको वारेन्टी (६०,००० किमी सम्म ),सुलभ इ एमआइ, १ बर्षको निशुल्क रोड ट्याक्स ,१ बर्षको निशुल्क बिमा, ५ बर्षको निशुल्क सर्भिसिङग र निशुल्क एक्स्यासरिज (रु २५००० सम्म )को सुविधा पनि उपलब्ध गराउने भएको छ ।
आफ्ना ग्राहकहरुले गरेको विश्वास प्रति आभार प्रकट गर्दै पोखरामा पनि कोरियन लक्जरी एस.यु.भी सुविधा प्रदान गर्न पाउँदा खुशी लागेको आइ.एम.एस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले बताए ।
मल्होत्राका अनुसार स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिन्न र उन्नत एस.यू.वी ब्रान्ड ओटोमोबाइलको निर्माता हो । स्याङयोङ, कम्पनीको गुणस्तरका कारण स्थापना बर्ष १९५४ देखि नै उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुदै आएको उनले बताए । ‘कम्पनि संग लक्जरी कारहरू, एस.यू.वी हरू, पिकअप ट्रकहरू पनि छ, उनले भने, कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात गर्दै आईरहेको छ ।’
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए