पोखरा महानगरपालिकाको सुरक्षाका लागि मुख्य सडक र चोकहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगर भित्रका सुरक्षा संयन्त्र चुस्त बनाउनका लागि क्यामेरा जडानको तयारी गरिएको हो ।
पहिलो चरणमा मुख्य १५ ठाउँमा क्यामेरा जडान भैसकेको छ । पृथ्वीचोक, जरेवर, ड्यामसाईड, अमरसिंहचोक, सेती पुल, जीरो किलोमिटर, हल्लनचोक, पालिखेचोक, महेन्द्रपुल, सभागृहचोक, सिर्जनाचोक लगायतका ठाउँमा जडान भैसकेको छ ।
यसपछि, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की तथा विभिन्न उद्योगी व्यवसायिसँगको सहकार्यमा क्यामेरा जडान गरिने भएको हो ।
‘बिचमा अरुसँग पनि सहकार्य गर्न सकिन्छ, पोखरा महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने, ‘महानगरको सुरक्षा मजबुत बनाउनकै लागि क्यामेरा जडान गर्न लागिएको हो ।’
जडानका लागि अघिल्लो बर्ष ८ करोड लाग्ने स्टिमेट गरिएको थियो । ‘यस वर्ष ४ करोड बिनियोजन गरियो,’ उनले भने, ‘यस आर्थिक वर्ष भित्रमा योजना पुरा गर्ने लक्ष छ ।’ उनले पोखराको पर्यटन मार्ग, ट्रेकिङ रुटहरुमा समेत क्यामेरा जडानको सहकार्यको लागि दाताहरुसगँ कुरा अगाडि बढिरहेको उनले जानकारी दिए । पछिल्लो समय हुने चोरीलाई मध्यनजर गरेर सिसी क्यामेरा जडान गर्न लागिएको हो । – डिएनए नेपालबाट
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो