किरण श्रेष्ठ, तनहुँ । देशमा पछिल्लो समय बढ्दै गरेको बलात्कारका घटनाका बलात्कारीलाई कडा कारर्वाहीको माग गर्दै बिहीबार दमौलीमा युवाहरुले प्रदर्शन गरेका छन् ।
जागौं युवा नेपालको आयोजनामा दमौलीको अनसनचोकबाट अनुहारमा बलात्कार बिरोधी फेस पेन्ट सहित शुरु भएको र्याली दमौलीको मेनचोकमा हस्ताक्षर कार्यक्रममा परिणत भएको थियो ।

बढ्दो घटनाका दोषीलाई कडा कारर्वाही नहुदाँ बलात्कारका घटना दिनानुदिन बढ्न थालेकाले बलात्कार घटनाका दोषीलाई कारर्वाही गर्न सरकारलाई दबाब दिन हस्ताक्षर अभियान सहित बलात्कार बिरोधी र्यालीको आयोजना गरिएको जागौं युवा नेपालले जनाएकाे छ ।

करिब ४५ मिनेटसम्म दमौलीको मेनचोकमा संकलन गरिएको हस्ताक्षर संकलन अभियानमा दुई सय भन्दा बढि सर्वसाधारणले सहभागिता जनाएको जागौं युवा नेपालका सचिव सागर घिमिरेले घिमिरेले जानकारी दिए । संकलित हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाउने जागौं युवा नेपालले जनाएको छ ।
बलात्कार बिरुद्धको अभियानमा बालबालिका, युवा र बृद्धबृद्धाको सक्रियताका साथ हस्ताक्षर गरेर बलात्कारीलाई कडा कानुनी कारर्वाही हुनुपर्ने कुरामा ऐक्यबद्धता व्यक्त गरेका थिए ।




सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?