सरोज अर्याल, स्याङ्जा । पुतलीबजार नगरपालिका कार्यालयले गुपचुप रुपमा आँधिखोलाको गिट्टी बालुवाको (ठेक्का) काम को बाँडफाँड गरेको छ ।
आँधीखोलालाई ४ नाका बाँडेको र २ वटा नाकाको फाइनल भएपछि बाँकी २ नाका सेतिदोभान र पुतलीबजार १ आँधिखोलाको नाकामा गुपचुप भएको छ । पहिले निकालेको १५ दिने सूचनामा कसैको आवेदन नपरेपछि ७ दिनको सूचना जारी गरिएकोमा त्यसमा पनि काम थोरै तर मूल्य मर्का गर्ने गरी भएको कारण पछि घटेपछि आवेदन हाल्ने भन्दै व्यवसायीहरु एक मत थिए । तर हप्ता दिने सूचना नै ननिकाली गुपचुप रुपमा काम दिएको स्याङ्जाका युवा व्यवसायी गौरब श्रेष्ठ बताउँछन् ।
नगरपालिका कार्यालय राजश्व शाखाकी सिर्जना लामिछानेले भने यो कुरा स्विकार गरिनन् । ‘हामीले पछि पनि ३ दिने सूचना निकालेका थियौं, कसले च्यातेर फाल्यो थाहा छैन । कुनै व्यवसायीले उप्काएर फालेको हुनुपर्छ । हामी प्रक्रियामा गएको हो ।’ उनले भनिन् ।
व्यवसायी भने नगरपालिकाको रणनीति भएको बताउँछन् । ‘नगरपालिकामा गएर सूचना पार्टीको सूचना कसैले च्यात्न सक्दैन । यिनीहरुको रणनिति हो ।’ व्यवसायी डोल बहादुर मल्लले भने– ‘हामि दिनदिनै नगरपालिका जाँदा कर्मचारीले हामिलाई थाहा छैन । सुचना निकालेको छैन भन्ने तर एक्कासी त्यही बेलुका ठेक्का अरुलाई पर्नु अचम्मको कुरा छ । त्यही दिन फेरि ३ दिने सूचना निकाल्नुको औचित्य के ? यो मिलेमतोमै हो । सरकारकी कर्मचारीको काम यही हो ?’
स्याङ्जाका ठेकेदारहरुको पनि यसमा विरोध छ । पुतलीबजार नगरपालिकाका प्रमुख, उपप्रमुख लगाएत जनप्रतिनिधिहरुको समेत ध्यानाकर्षण गराएको अर्का व्यवसायी कृस्ण भुजेलले जानकारी दिए । अदालतमा मुद्दा हाल्ने र अख्तियारमा निवेदन दिने तयारी पनि भएको मल्लले गण्डकन्युजलाई जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा वैशाख १६ देखि पालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगिता हुने
मुग्लिन–पोखरा सडकः तनहुँको दमौली बजारमा धमाधम कालोपत्र हुँदै
११ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जाका एकजना पक्राउ
पोखरा विमानस्थल निर्माणका क्रममा १४ अर्ब भ्रष्टाचार भएको निष्कर्ष
वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट, न्युरोडमा थाइराइड सित्तैमा
ऐतिहासिक काल्खु मेलाः खुल्ला नृत्य प्रतियोगितामा अनुस्का च्याम्पियन
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु