पोखरेली न्युज साप्ताहिकले सांगीतिक माहोलका बीच आफ्नो पहिलो स्थापना बर्ष मनाउँदैछ । दिव्यश्री बैंक्वेट बाजेको सेकुवामा आज शुक्रबार बेलुकी कार्यक्रम हुन लागेको हो ।
पोखरेली न्युज नाइट मार्फत गायक नविन के भट्टराई तथा अतृप्त व्याण्डले सांगितिक माहोल तताउने पत्रिकाका प्रबन्ध निर्देशक खेमबहादुर गुरुङ्ग उत्तमले जानकारी दिए । ‘कार्यक्रमको सबै तयारी पुरा भइसकेको छ । अब हामी कार्यक्रमको पर्खाइमा छौं ।’ कार्यक्रम संयोजक सुदिप पौडेलले भने ।
स्थापनाको एक वर्ष पुरा भएको अवसरमा गर्न लागिएको कार्यक्रममा नेपालका ख्याती प्राप्त गायक नविन के भट्टराईले ५० देखि ६०को दशकका आफ्नो लोकप्रिय गीत सुनाउने छन् ।
कार्यक्रमलाई सम्पन्न गर्नका लागि पत्रिकाका सल्लाहकार सुदिप पौडेलको संयोजकत्वमा बिभिन्न उपसमिती बनाइएको छ । जसमा आतिथ्य सत्कार तथा पत्राचार संयोजक एकराज गिरी, अर्थ व्यवस्थापनमा बिरेन्द्र कुँवर र राजु कुँवर तोकिएको छ । यस्तै स्टेज तथा साउण्डमा किरण वानिया, कलाकार व्यवस्थापनमा सन्जय मल्ल, स्वयम सेवक परिचालन उपसमितीमा साबित्री खत्री क्षेत्री रहेका छन् । यसै गरि जलपान व्यवस्थापनमा श्याम मल्ल तथा प्रचार उपसमितीमा नवराज दाहाल रहेका छन् ।
गत वर्ष असोजबाट पहिलो अंक प्रकाशन शुरु गरेको पत्रिकाले केही समयको तयारी पछि नियमित प्रकाशन आराम्भ गरेको थियो । पत्रिकाको अनलाइन संस्करण पनि रहेको छ । पत्रिकाले छिट्टै अनलाइन रेडियो तथा अनलाईन टिभी पनि शुरु गर्न लागेको पत्रिकाका सम्पादक सञ्जय मल्लले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ