तनहुँ । विरामी अवस्थाबाट तङ्ग्रिदै गरेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले शनिबार तनहुँवासीसँग आफ्नो दुःख र सुख साटेका छन् । ‘यहाँको हातमा मेरो जिन्दगी छ निरन्तर माया, प्रेरणा, साथ र सहयोग एवं शुभेच्छा र सल्लाहले मेरो यात्रा यहाँसम्म आएको छ,’ मदनकृष्णले भने ।

सेतो धरती उपन्यासका उपन्यासकार मदन पुरस्कार बिजेता अमर न्यौपानेले मदनकृष्ण श्रेष्ठ संग “महको म” माथी सम्बाद गरेका थिए । कला संस्कृतिमा सबैको पहुच (एसिसिएसि) को आयोजना र लियो क्लब अफ तनहुँको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपाने मदनकृष्ण हिमाल जस्तै अग्लो मानिस, खुला किताब त्यति मात्रै नपुगेर आत्मबृतान्तमा प्रकाशित भएपछि सार्वजानिक जीवन मात्रै नभई व्यक्तिगत जीवन पनि खुला किताब भएको उल्लेख गरे । ‘मैले धेरै आत्मकथाहरु पढेको छु, त्यसमा धेरै जसोमा आत्म प्रशंसा गर्छन्, बढाई/चढाई गरी लेख्ने गरेको पाएको छु, तर मदनकृष्णमा त्यस्तो छैन’ साहित्यकार न्यौपानेले भने ।

लोकतान्त्रिक आन्दोलनको धरोहर मदनकृष्ण भएको उल्लेख गर्दै न्यौपाने नेताहरुले जस्तो पदको लोभ नगरेको र कुनै पनि पार्टीमा आबद्ध नभएको बताए । मदन कृष्णले न्यौपानेको भनाईप्रति लक्षित गर्दै आफु हिमाल जस्तो अग्लो नभएको सामान्य मानिस र साढे पाँच फुट मात्रै अग्लो रहेको बताइरहँदा साहित्यकार न्यौपानेले ‘कर्मले मदनदाई हिमाल जस्तो अग्लो भएको बताए । मानिस साधरण र सरल तरिकाले जीवन जीउँदा मनमा आनन्द लाग्ने उनले बताए ।

श्रेष्ठले कार्यक्रम आफ्ना संगीत समेत प्रस्तुत गरेका थिए । सो अवसरमा तनहुँको मौलिक कौराह समेत देखाइएको थियो ।

केहि समय अगाडी मात्रै श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि अहिले कलाकार श्रेष्ठ स्वास्थ्यमा सुधार आएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्