श्यामशितल परियार, लमजुङ । सञ्जित गुरुङले मिष्टर लमजुङको उपाधि जितेका छन् । अस्मिता तामाङले मिस लमजुङको उपाधि हात पारेकी छिन् ।
लमजुङ जेसिज वर्ष २०१८ र न्यू क्रियशन ईभेन्ट म्यानेजमेन्ट तनहुँको संयुक्त आयोजनामा लमजुङमा सञ्चालित ‘मिष्टर एण्ड मिस लमजुङ–२०१८’ प्रतियोगितामा सञ्जितले मिष्टर लमजुङ र अस्मिताले मिस लमजुङको उपाधि हात पारेका हुन् ।
प्रतियोगितामा सञ्जितले बेस्ट वाक, बेस्ट पर्सनालिटी टाईटल अवार्डसंगै उपाधि हात पार्न सफल भएका हुन् । अस्मिता तामाङले बेस्ट पङच्युअल टाईटल अवार्डसँगै उपाधि जित्न सफल भएकी हुन् । उपाधि जितेसंगै गुरुङ र तामाङले नगद रु ५०-५० हजार, ट्रफी र प्रमाणपत्र पनि पाएका छन् ।
मिष्टरतर्फ मोष्ट पपुलर टाईटल अवार्डसंगै प्रदीप राना मगर फस्र्ट रनरअप, मोष्ट क्रियटिभ टाईटल अवार्ड सहित सञ्जोग तामाङ सेकेण्ड रनरअप घोषित भएका छन् । मिसतर्फ मोष्ट ट्यालेन्ट टाईटल अवार्डसंगै सरस्वति गुरुङ फस्र्ट रनरअप, बेस्ट हेयर, युट्युब भ्युअर्स टाईटल अवार्डसंगै कामना विश्वकर्मा सेकेण्ड रनरअप घोषित भएकी छिन् ।

दुवै तर्फको फस्र्ट रनरअप र सेकेण्ड रनरअपले पुरस्कार स्वरुप क्रमश: नगद रु ३० हजार र १५ हजार ट्रफी र प्रमाण पत्र हात पारेका छन् ।
यसैगरी, यसै प्रतियोगितामा बेस्ट स्किन, मोष्ट हाईजेनिक मिलन श्रेष्ठ, बेस्ट स्माईल रुपा गुरुङ, बेस्ट कपल विजय श्रेष्ठ, सपना गुरुङ, बेस्ट फिगर विजय श्रेष्ठ, मोष्ट फ्रेण्ड्ली अमीस तमाङ, बेस्ट फोटोजेनिक संजय क्षेत्री, मोष्ट क्यूट पुजा गुरुङले टाईटल अवार्ड जित्न सफल भएका छन् ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको प्रतियोगितामा रिता थापा मगर र मोनिका श्रेष्ठको कोरियोग्राफी रहेको थियो ।
प्रतियोगिताको फाइनलमा लमजुङ डान्स च्याम्प सिजन–२ का विजेता किरण दियाली, फस्र्ट रनरअप रोशनी गुरुङ, लोकदोहोरी गायक चिजकुमार राउत लगायतले साँस्कृतिक तथा सांगितिक प्रस्तुती राखेको लमजुङ जेसिज वर्ष २०१८ का अध्यक्ष अनुज अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?