नेगम परियार, मनाङ । मनाङ जिल्लाको एक मात्र आँखा अस्पतालले आफ्नै भवनबाट सेवा दिन थालेको छ । २०७१ सालबाट मनाङको सदरमुकाम चामेमा तीन कोठा भाडामा लिई सञ्चालनमा आएको सामुदायिक आँखा केन्द्रको आफ्नै भवन बनेपछि सोहि भवनबाट सेवा प्रदान गर्दै आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चामे मनाङले निःशुल्क रुपमा ५ आना जग्गा उपलब्ध गरिदिएपछि तिलगंगा आखाँ प्रतिष्ठान काठमाडौको ४५ लाख रुपैँयाको लागतमा ५ कोठाको सुविधासम्पन्न तथा सुरक्षित भवन चामे गाउँपालिका ३ माडाको जिल्ला अस्पताल नजिकै निर्माण गरेको हो ।

नयाँ भवनसंगै उक्त आखाँ अस्पतालले आखाँ सम्बन्धी सम्पूर्ण सेवा सुबिधामा पनि थप गरेको छ । हाल सामुदायिक आखाँ केन्द्र चामे मनाङमा हरेक प्रकारका पावरवाला तथा आँखा सुरक्षित गर्नको लागि बिभिन्न चस्माहरु बनाउने र आकर्षक लेन्स तथा आकर्षक फ्रेमहरुमा चस्मा राखिने, चेकजाँच, औषधि उपचार लगायत अत्याधुनिक मेसिन उपकरणहरुबाट चेकजाँच, जिल्लामै आखाँ बिशेषज्ञहरु झिकाई मोतियाबिन्दु तथा आखाँमा मासु पलाएको जस्ता आँखाका समस्याहरुको जिल्लामा नै निःशुल्क सफल उपचार तथा अप्रेशन लगायतका सेवाहरु दिँदै आएको सामुदायिक आँखा केन्द्र चामे मनाङका नेत्र सहायक ऋतु श्रेष्ठले बताईन् ।
आफनै नयाँ भवनबाट उपचार तथा सेवा दिन पाउँदा सेवाग्राही बढ्नुका साथै सेवा दिनमा पनि सहज भएको उनको भनाई छ ।

सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो