नेगम परियार, मनाङ । मनाङ जिल्लाको एक मात्र आँखा अस्पतालले आफ्नै भवनबाट सेवा दिन थालेको छ । २०७१ सालबाट मनाङको सदरमुकाम चामेमा तीन कोठा भाडामा लिई सञ्चालनमा आएको सामुदायिक आँखा केन्द्रको आफ्नै भवन बनेपछि सोहि भवनबाट सेवा प्रदान गर्दै आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चामे मनाङले निःशुल्क रुपमा ५ आना जग्गा उपलब्ध गरिदिएपछि तिलगंगा आखाँ प्रतिष्ठान काठमाडौको ४५ लाख रुपैँयाको लागतमा ५ कोठाको सुविधासम्पन्न तथा सुरक्षित भवन चामे गाउँपालिका ३ माडाको जिल्ला अस्पताल नजिकै निर्माण गरेको हो ।
नयाँ भवनसंगै उक्त आखाँ अस्पतालले आखाँ सम्बन्धी सम्पूर्ण सेवा सुबिधामा पनि थप गरेको छ । हाल सामुदायिक आखाँ केन्द्र चामे मनाङमा हरेक प्रकारका पावरवाला तथा आँखा सुरक्षित गर्नको लागि बिभिन्न चस्माहरु बनाउने र आकर्षक लेन्स तथा आकर्षक फ्रेमहरुमा चस्मा राखिने, चेकजाँच, औषधि उपचार लगायत अत्याधुनिक मेसिन उपकरणहरुबाट चेकजाँच, जिल्लामै आखाँ बिशेषज्ञहरु झिकाई मोतियाबिन्दु तथा आखाँमा मासु पलाएको जस्ता आँखाका समस्याहरुको जिल्लामा नै निःशुल्क सफल उपचार तथा अप्रेशन लगायतका सेवाहरु दिँदै आएको सामुदायिक आँखा केन्द्र चामे मनाङका नेत्र सहायक ऋतु श्रेष्ठले बताईन् ।
आफनै नयाँ भवनबाट उपचार तथा सेवा दिन पाउँदा सेवाग्राही बढ्नुका साथै सेवा दिनमा पनि सहज भएको उनको भनाई छ ।
सम्बन्धित खबर
कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी