तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले नजिकिएका चाडपर्वलाई लक्षित गरी सुरक्षा रणनीतिहरुलाई व्यवस्थित बनाउँदै अगाडि बढेको छ । दशै, तिहार, छठ पर्वका अवसरमा हुन सक्ने अपराधिक घट्ना तथा सवारी दुर्घटना न्यूनिकरण गर्न प्रभावकारी रणनीतिहरु तयार गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहाले बताएका छन् । तनहुँ प्रहरी मातहतका कार्यलयमा रहेका ४६९ सुरक्षाकर्मीहरु यस रणनीतिमा खटिने भएका छन् ।

तनहुँ प्रहरीले अपराधिक घटनालाई न्यूनिकरण तथा प्रभावकारी अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्ने भएको छ । चाडपर्वलाई मध्यनजर गर्दै हुन सक्ने घट्नाको अनुसन्धान गर्न चेरी र सिमा दुइ कुकुरलाई अनुसन्धानमा प्रयोग गर्ने भएको छ । तालिम प्राप्त ती कुकुर पोखराबाट ल्याएको तनहुँका प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले बताए । चार्डपर्वको अवसरमा लागुऔषध, विष्फोटक पदार्थ तथा चोरी डकैती लगायतका अपराधिक क्रियाकलापका घट्नाहरुमा सिमा र चेरीको प्रयोग गरी अनुसन्धान गरिने भएको छ ।
सिमा र चेरीको माध्यमबाट लागुऔषध तथा विष्फोटक पदार्थका घटनामा संलग्नहरुलाई सहज रुपमा पहिचान गर्न सकिने तनहुँ प्रहरीले जनाएको छ । चाडपर्वकको समयमा आर्थिक कारोवार बढी हुने हुँदा बैंक, बित्तिय संस्था, सुनचाँदी पसल एवं बढी कारोवार हुने स्थानमा प्रहरी उपस्थिती र निग्रानी बढाउने, सुरक्षा सतर्कताको लागि सामुदायिक प्रहरी, सामुदायिक सेवा केन्द्र, आमा समूह, स्थानीय क्लव लगायत बिभिन्न सामाजिक संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी बिभिन्न जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने तनहुँ प्रहरीले तयारी गरेको छ ।

तनहुँले प्रहरीले खतरा मूल्याङ्कन सहितको योजनावद्ध प्रहरी परिचालन, राजमार्गको २ स्थानमा आरयससिसिको चेकिङ तथा एलआरपीको ब्यबस्था मिलाउनुका साथै बैंक तथा बित्तिय संस्थाका प्रमुख तथा सुरक्षाकर्मिलाई सुरक्षा बारे आवश्यक सावधानि तथा प्रशिक्षण दिने छ ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरुमा संलग्न हुन सक्ने ब्यक्तिहरु र बिगतका घटनामा संलग्न ब्यक्तिहरुको सम्बन्धमा सूचना संकलन र बिश्लेषण गरी पक्राउ गर्ने, देउसी भैलो खेल्नको लागि जिल्ला प्रशासन कार्यालयसंग समनव्य गरी समय निर्धारण गर्ने, यात्रु सहायता कक्षको स्थापना गर्ने, बिगतमा भएका अपराधिक घटनाहरुको अनुसन्धान गरी फरार अभियुक्तहरु पक्राउ गर्न बिशेष प्रहरी टोली परिचालन गर्ने, बढि भन्दा बढि प्रहरि जनशक्ति परिचालन गर्ने र सिसिटीभी भएको ठाउँमा सिसिटीभीबाट निगरानि बढाउने लगायतका रणनीतिहरु तयार गरिएको छ ।
यस्तै, पटका र आतिस्वादी गर्ने कार्यलाई पुर्णतः निषेध गर्ने, सादा पोशाक प्रहरीको परिचालन गर्ने रणनीतिहरु तनहुँ प्रहरी तयार गरेको छ ।
सम्बन्धित समाचार :
सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी