पोखरा, २२ असोज । पोखराको बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर यस वर्ष पनि रेडियो गेम शो ‘महा आजिजा’ गर्ने भएको छ । ‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाईने रेडियो गेम शो असोज २४ गते घटस्थापनादेखि असोज २९ गतेसम्म चल्ने एफएमले जनाएको छ । यो पटकको ‘महा आजिजा’ लाई कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको छ ।
रेडियो गेम शो ‘महा–आजिजा’ अन्तरगत सहभागी हुने स्रोताहरुले हरेक दिन पैसा जित्ने मौका पाउनेछन् । ‘सहभागीहरुले २० हजार सम्म जित्न सक्छन् ।’ कार्यक्रमको बारेमा प्रस्ट्याउँदै बिग एफएमका प्रोग्राम चिफ शंकर तिवारीले भने–‘सहभागीहरुलाई ६ दिनसम्म विभिन्न चरण गरेर खेलाईनेछ ।’ प्रतियोगितामा सहभागी हुनका लागी स्रोताहरुले एसएमएसमार्फत नाम दर्ता गर्नुपर्ने कार्यक्रम संयोजक तिवारीले जानकारी दिए ।
गेम शोमा सहभागिताको लागि स्रोताहरुले मोबाइलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम स्पेश आफ्नो नाम ठेगाना लेखेर ४३२१ मा पठाउनुपर्नेछ । गेम शोमा सहभागिताको लागी जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । खेलमा सहभागिता जनाउने स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा क्रमशः पैसा जित्दै जानेछन् । ‘स्रोताहरुको बौद्धिक विकास गराउने हाम्रो लक्ष्य हो । त्यसैले आफ्नो आईक्यू टेस्ट गर्न चाहने र बिग एफएमसंगै दशैँ मनाउन चाहने स्रोता तथा शुभेच्छुकहरुले सहभागिता जनाउन सक्नुहुनेछ ।’ तिवारीले भने ।
६ दिनसम्म चल्ने रेडियो गेम शो ‘महा–आजिजा’ हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म स्रोताहरुले सुन्न र खेल्न सक्नेछन् । रेडियोले नयाँ वर्षदेखि भ्यालेण्टाइन डे होस् वा तीज दशैं तिहार होस् । यस्ता इभेण्टमा बर्षौंदेखि निरन्तर रेडियो गेम शो आयोजना गर्दै आउको छ ।
यसैबीच, यस कार्यक्रममा प्रमुख प्रायोजकका रुपमा कालिगण्डकी अक्सिजन ग्याँस प्रालि जोडिएको छ । प्रालिका कार्यकारी निर्देशक माधव बस्ताकोटी र एफएमका मार्केटिङ म्यानेजर अनिशा नेपालीबीच सो सम्झौतामा हस्ताक्षर भयो ।

कार्यकारी निर्देशक बस्ताकोटीले बिग एफएमसँगको सहकार्य निरन्तर रहेको जानकारी गराउँदै ठूलो इभेण्टमा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । ‘यस सहकार्यले हाम्रो कम्पनीको प्रवद्र्धनका साथै श्रोतासँग समेत चाडपर्वमा प्रत्यक्ष जोडिने मौका मिलेको छ ।’ बस्ताकोटीले भने ।
पोखरा औद्योगिक क्षेत्रमा प्रधान कार्यालय रहेको प्रा.लि.को डिपो नयाँबजार प्रदर्शनी केन्द्र गेट नजिकै रहेको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यस प्रालिमा मेडिकल एवं औद्योगिक ग्याँसका अतिरिक्त आर्गन, कार्बनडाइअक्साइड, डीए ग्याँस, नाइट्रोजन, एमोनिया र नाइट्रोस अक्साइड ग्याँस समेत उपलब्ध छ । ९९ प्रतिशत भन्दा माथिको शुद्धता र फुल फ्रेशर सिलिण्डर, चौबिसै घण्टा सेवा एवं डेलिभरीको व्यवस्था रहेको छ । गण्डकी धौलागिरीका विभिन्न शहर गोरखा बजार, आँबुखैरेनी, बेशीशहर, दमौली, डुम्रे, खैरेनी, कुश्मा, बाग्लुङ र स्याङ्जामा समेत डिपो रहेको छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु