पोखरा, २२ असोज । चर्चित युवा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट पोखरामा हुने भएको छ । लायन्स क्लव अफ पोखरा स्वर्णिम सिटिको निम्तोमा यही असोज २६ गते उनी पोखरा आउँदैछन् ।
शुक्रबार अपरान्ह चार बजे पोखरा सभागृहमा हुने कन्सर्टको अन्तिम तयारीमा जुटेको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । युवामाझ चर्चित कवि पराजुलीलाई टिकट काटेर सुन्नुपर्नेछ । जसको लागि आयोजकले तीन सय, पाँच सय र एक हजार दरका टिकटको व्यवस्था गरेको छ ।
आयोजक संस्थाका अध्यक्ष लायन गोविन्द देवकोटाले कन्सर्टका बारेमा जानकारी दिनुका साथै संस्थाको उद्देश्यमाथि प्रकाश पारेका थिए । शारीरिक अपांगता भएका व्यक्तिहरुको सहयोगका लागि कविता कन्सर्ट आयोजना गरिएको उनले बताए । करीब दुई लाख ५० हजार खर्च हुने कन्सर्टबाट ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको छ । सो रकम नै अपांगता भएका व्यक्तिहरुका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।

उक्त पत्रकार सम्मेलनमा जोन चेयर पर्सन बिन्दु श्रेष्ठले शुभकामना मन्तव्य राखेकी थिइन् । संस्थाका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तथा कविता कन्सर्टका संयोजक लायन मोहन प्रसाद अधिकारीले स्वागत तथा लायन भाइराज राना मगरले सञ्चालन गरेका थिए ।
युवा कवि पराजुलीको पहिलो कविता संग्रह ‘सगरमाथाको गहिराई’ले यस वर्षको पद्मश्री पुरस्कार समेत प्राप्त ग¥यो । कविता वाचनमार्फत लाखौं समर्थक बटुलेका कवि पराजुलीको ‘सगरमाथाको गहिराई’मा सानाठूला ३६ कविता समावेश छन् । डेढ घण्टासम्म अधिकांश कवितालाई पोखरामा सुन्न पाईनेछ ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए