पोखरा । वि एण्ड वि ग्रुपले पोखरामा १८ तले अपार्टमेण्ट निर्माण गर्ने योजना सहित केही समयअघि मुख्यमन्त्रीबाट प्रि लञ्चिङ कार्यक्रम गर्यो । त्यतिबेलै धेरैले अपार्टमेण्ट बुकिङ समेत गरे । अति महत्वाकांक्षी मानिएको अपार्टमेण्ट निर्माणको लागि जग्गा सम्याउने काम थालिएको छ । तर सम्बन्धित स्थानीय सरकार पोखरा महानगरपालिकाले चाहीँ अपार्टमेण्ट निर्माणको स्विकृति दिएको छैन ।
अपार्टमेण्ट निर्माणबारे आफुलाई औपचारिक जानकारी नै नभएको मेयर मानबहादुर जिसी बताउँछन् । ‘कानूनमै व्यवस्था नभएको कुरा हामीले स्वीकृति दिने कुरै भएन । यसको स्विकृति मिल्दैन–मेयर जिसीले भने ।’
हालसम्म पोखरा क्षेत्रभित्र बढीमा साढे ३ तलाभन्दा अग्लो घर बनाउन नपाईने नीति छ । त्यसमाथी फेवाताल आसपासमा साढे २ तलाको मात्रै घर बनाउन पाईन्छ । तर महानगरपालिकाले ठूला संरचना निर्माणको स्विकृति दिने गरि मापदण्ड नै परिमार्जनको तयारी गरिरहेको छ ।
महानगरले गठन गरेको विज्ञ समूहले ४० तलासम्मको घर बनाउन मिल्ने गरी प्रश्ताव तयार गरेको हो । जग्गाको आकार हेरेर ४० औं तलासम्मको अग्लो घर पोखरामा बनाउन मिल्ने गरि मापदण्ड तय गरिनुपर्ने विज्ञ समूहका संयोजक भरत पहारीले बताए । कमजोर भू वनोट रहेको पोखरामा ठूला संरचना बनाउनु दुर्घटना निम्त्याउनु सरह भएको भन्दै केही विज्ञले चाहीँ यसलाई स्विकार गरेका छैनन् ।
केही स्थानीयहरुले परिकल्पनामै रहेको अपार्टमेण्टको विरोध पनि गरेका छन् । दिर्घकालिन सुरक्षा र सम्भावित दुर्घटना तर्फ सचेत रहन उनिहरुले आवाज उठाइरहेका छन् ।
अपार्टमेन्टका परिकल्पनाकार विमल वसेल चाहीँ पोखरामा पर्यटकको आकर्षण बढाउनकै लागि अपार्टमेण्टको अवधारणा ल्याएको बताउँछन् । चौतर्फि विरोधपछि लगानीकर्ताको रकम समेत फिर्ता गरिदिएको उनले सुनाए । बसेलले राज्यको नीति अनुसार निर्णय गर्ने बताएका छन् ।
‘अहिलेलाई काम रोकिएको छ । अव राज्यले कस्तो नीति बनाउँछ त्यसपछि अगाडी बढौंला, उनले भने–पर्ख र हेरको अवस्थामा छु ।’
– सराङकोट
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?