पोखरा । हिमालय आँखा अस्पताल पोखराले अब आँखाको उपचार मात्र होईन, आँखाको समस्याको उपचार विधि सम्बन्धित पढाई पनि हुने भएको छ ।
आँखा सम्बन्धि गण्डकी प्रदेशकै ख्यातिप्राप्त हिमालय आँखा अस्पतालले पोखरा विश्वविद्यालय तथा हिमालय आँखा अस्पतालको संयुक्त आंगिक कार्यक्रमको रुपमा यो विषय अध्यापन गराउन लागेको हो । ब्याचलर अफ साईन्स ईन अप्टिमेट्री प्रोग्राम नामक यो कार्यक्रम ४ सेमेष्टरमा अध्यापन हुनेछ भने अध्ययनको सबै सेमेष्टरमा गरि कुल ८ लाख रुपैयाँ लाग्नेछ ।
पत्रकार सम्मेलन गरि अस्पतालले कार्यक्रमबारे जानकारी दिएको हो । यो कार्यक्रमको लागि प्रा.डा. दिलबहादुर क्षेत्रीको अध्यक्षतामा सात सदस्यिय व्यवस्थापन समिति समेत गठन गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीले नेत्र रोगहरुको उपचार चुस्त तथा दक्ष बनाउनको लागि यो वर्षबाट नयाँ कार्यक्रम थप गरिएको जानकारी दिए ।उनका अनुसार यो कार्यक्रम हिमालय नेत्र अध्ययन प्रतिष्ठानले सञ्चालन गर्नेछ । सेमेस्टर प्रणालीमा अध्यापन गरिने यो विषय कक्षा ११÷१२ मा विज्ञान विषय अध्ययन गरेकाले पढ्न पाउनेछन् । अध्ययन अगावै विद्यार्थीहरुले प्रवेश परिक्षाको जाँच दिनुपर्नेछ भने मेरिट लिष्टको आधारमा भर्ना लिईने उनले जानकारी दिए । चारवर्षे कार्यक्रमको लागि पहिलो वर्ष भने जम्मा १६ जना विद्यार्थी मात्र भर्ना लिईने जनाईएको छ ।
‘आँखा उपचारका लागि चाहिने सम्पूर्ण जनशक्ति यही तयार गर्ने हाम्रो योजना हो, नेत्र रोगको उपचारलाई अझै चुस्त र दक्ष बनाउनको लागि यो कार्यक्रम सुरु गर्न लागिएको हो’ क्षेत्रीले बताए । विज्ञापन प्रकाशन गरि भर्ना खुलाईने उनले जानकारी दिए । मंसिर दोश्रो साता भित्रैबाट अध्यापन कार्य सञ्चालन गरिने जनाईएको छ । अस्पतालका चिफ मेडिकल डाईरेक्टर, डा. ईन्द्रमान महर्जनले अध्ययन अवधि सकिएपछि उत्पादित जनशक्ति आफैले देशको विभिन्न आँखा अस्पताल, आँखा उपचार केन्द्र तथा स्वरोजगारको रुपमा आफैँ आँखा जाँच तथा चस्मा पसल सञ्चालन गर्न सक्नेछन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०२० सम्म नेपालमा जम्मा ७ सय जना विशेषज्ञको आवश्यकता रहेको छ । हाल नेपालमा ३ सय जना मात्र यस्ता विशेषज्ञ रहेका छन् । डा. महर्जनका अनुसार उत्पादित जनशक्तिले स्वत नेपालमा रोजगार पाउने सम्भावना पनि रहेको छ ।
हिमालय आँखा अस्पतालले अघिल्लो वर्षमात्रै १ लाख ४२ हजार नौ सय ९४ जना नेत्ररोगीलाई सेवा प्रदान गरेको छ भने दैनिक रुपमा ५ सय जना आँखा रोगीहरु अस्पताल आउने गरेका छन् । यस्तै, अस्पतालले साविकको धौलागिरी र कर्णाली अञ्चलमा शिविर सञ्चालन गरि ५४ हजार जनालाई सेवाप्रवाह गरेको छ । आँखा रोग सम्बन्धित अस्पतालले आर्थिक रुपमा अशक्त बिरामीलाई निशुल्क उपचार गर्दै आइरहेको छ । अस्पतालमा सेवा लिन आउनेमा विशेषगरी गण्डकी प्रदेशका बढि छन् । सन् १९९३ मा खुलेको यस अस्पतालले अहिले आँखा र आँखासँग सम्बन्धित सेवा तथा उपचार उपलब्ध गराउँदै आइरहेको छ । अस्पताल नेदरल्यान्डको ‘आई केयर फाउन्डेसन’को आर्थिक सहयोगमा खुलेको हो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो