गत भदौ २३ गते बेगनास तालमा डुङ्गा डुब्दा ८ जनामो मृत्यु भएकोमा लापवाही कारण मृत्यु भएको भन्दै पोखरा लेखनाथ महानगरपालिका ३१ कमलराज कँडेललाई उजुरी परेको छ ।
कँडेललाई जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेको छ । उनलाई पोखरा लेखनाथ महानगरपालिका ३१ का स्थानीय र मृत्यु हुनेका आफन्तले उनी विरुद्ध उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
उनिमाथि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ भने डुङ्गामा क्षमता भन्दा धेरै यात्रुलाई चढाएको र लाइफ ज्याकेट पनि नलगाई चुहिने डुङ्गामा पठाएको कारण उनी विरुद्ध उजुरी परेको प्रहरीले जानकारी दिएको छ । कँडेलको अहिले प्रहरीको निगरानीमा उपचार भैरहेको छ । १० जना सवार गरेको डुङ्गा पल्टदा ८ जनाको ज्यान गएको थियो भने २ जनालाई स्थानीय जलारीले उद्दार गरेको थिए । २ जनाको भाद्र २३ मा नै उपचारको क्रममा ज्यान भएको थियो भने अन्य ६ जनाको शवालाई भाद्र २४ गते प्रहरीले शव निकालेको थियो ।
पोखरा–२८, की कृष्णकुमारी बजगाईं र पोखरा– ३१, की जमुना कँडेल, सपनाका पति ३२ वर्षीय रवि खनाल र २ छोराहरु ८ वर्षीय शिव र ७ वर्षीय शंकर बेपत्ता छन् । डुंगामा सवार बेगनासकै ८ वर्षीय प्राचीन पौडल, कालिकाकी १८ वर्षीय मनिशा बजगाईं र ४ वर्षीय रञ्जीत गैरे को मृत्यु भएको थियो ।
कमलराज कँडेलले तिजको दर खुवाउनको लागि उनीहरुलाई घरमा पठाएको र डुंगामा तालको बिच भगमा पल्टदा दुर्घटना भएको थियो । डुंगामा ताल तर्ने क्रममा पहिला १ बालक डुंगाबाट खसेका थिए । उनलाई उद्दार गर्ने क्रममा डुंगा पल्टिँदा अन्य तालमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सुरक्षाको हिसाबले बेगनासताल डुङ्गा व्यवसायी समितिले एउटा डुङ्गामा ५ जना भन्दा बढि सवार गर्न दिदैन । तर कडेलको आफ्नो डुङ्गा भएको कारण उनीहरु १० जना सवार थिए भने डुङग्गा चालकले डुङ्गा खियाउन नजान्ने भएको कारण पनि दुर्घटना भएको हो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो