तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँमा रक्तदान गरिएको छ । ६३ औं प्रहरी दिवस २०७५ को अवसरमा कार्यालयले मंगलबार रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २५ जना प्रहरी कर्मचारीले रक्तदान गरेका थिए ।
रक्तदान गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले रक्तदान जीवनदान भएको बताए । ‘रगत अभावमा कोही पनि नागरिक छट्पटिन नपरोस्, रगत अभावमा मृत्युको मुखमा पुग्नु भएकाहरुलाई पुनर्जीवन दिन मद्धत गर्ने भएकाले एकचोटी सबैले रक्तदान गरेर पुण्य कमाउनुहोस्,’ उनले भने, मैले यो नवौं पटक रक्तदान गरेको हुँ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले रातदिन नभनिकन जनताको सेवामा समर्पित रहने प्रहरीले रक्तदान गरेर समाजमा उदाहरणीय काम गरेको बताए । ‘तपाईहरुको सानो सहयोगले कसैको जीवन बचाउन सहयोग पुग्छ,’ उनले भने ।
खुल्ला दौड प्रतियोगिता
जिल्ला प्रहरी कार्यालय तनहुँले ६३औं प्रहरी दिवश २०७५ का अवसरमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरेको छ । कार्यालयले सोमबार पुरुष तर्फ४ कि.मी. र महिला तर्फ३ कि.मी. दौड प्रतियोगिता गरेको हो ।
प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरतहरु मध्येबाट ६० जना पुरुष र १५ जना महिला प्रहरी कर्मचारीहरु सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा महिला तर्फ प्रहरी जवान आरती दर्जी प्रथम र पुरुष तर्फ प्रहरी जवान बल वहादुर मुखिया प्रथम भएका छन् ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन