क्रिष्टलमा शुभकामना आदानप्रदान

क्रिष्टलमा शुभकामना आदानप्रदान

crystal

पोखरा, २४ असोज । विजयादशमीको अवसरमा क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवर्ड ठाडोपसल लेकसाईडमा शुभकामना आदानप्रदान गरिएको छ ।

कार्यक्रममा अभिभावक, शुभेच्छुक, विद्यार्थी सहभागिता थियो । त्यसअवसरमा शैक्षिक तथा खेलकुदमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा अभिभावकका लागि अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा उपेन्द्र अधिकारी र सुवास पौडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले बनाएको चंगा प्रतियोगिता गरिएकोमा युकेजीकी सादिका श्रेष्ठ पहिलो , नर्सरीकी निर्वाणी पुन दोस्रो र एलकेजीकी ईशाना कँुवर तेस्रो भए । त्यस्तै अभिभावककोे चंगा प्रतियोगितामा शान्तिनगर चोकका जीवन ढुंगानाले बनाएको चंगा उत्कृष्ठ भएको छ ।

कार्यक्रममा मन्टेश्वरीकी डाईरेक्टर रिना पौडेलले विद्यार्थीलाई समयानुकुल ज्ञान दिइने गरेको बताईन् । आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले अभिभावकको व्यस्त दैनिकीलाई सहज बनाउन मन्टेश्वरीले योगदान दिएको उल्लेख गरे ।

https://www.facebook.com/nabin.sigdel.7/videos/1913981185315069/

क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवर्डकी प्रिन्सिपल रेश्मी शर्माको अध्यक्षतामा भएको कार्यक्रमा बिनित छन्त्याल र राजश्री पौडेलले संयुक्तरूपमा संचालन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ