किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं १ डुम्रे बजारमा गत शुक्रबार भक्तबहादुर वि.क.को घरमा मृत अवस्थामा भेटिएका दिपक वि.क.को मृत्युको विषयलाई लिएर मंगलबार वि.क.का परिवार तथा आफन्तजनले जिल्ला प्रहरी कार्यालय तनहुँ घेराऊ गरेका छन् ।
घरधनी भक्तबहादुर वि.क.ले नै दिपकको हत्या गरेको भन्दै दिपकका परिवार र आफन्तले प्रहरी कार्यालय घेराऊ गरेका हुन् । घेराऊका क्रममा परिवारजन र आफन्तजनले दिपकको हत्यारालाई जोगाउन खोजेको भन्दै प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए । जिल्ला प्रहरी कार्यालय घेराऊ गर्न ठूलो संख्यामा परिवारजन र आफन्तजन उपस्थित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय भएको घेराउलाई मध्यनजर गर्दे ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको थियो । मृतक दिपककी आमा उजेली वि.क. आफ्नो छोरालाई भक्तबहादुर वि.क.ले नै हत्या गरेका बताइन् । आफ्नो छोरालाई घर समेत जान नदिएको उजेलीको भनाई रहेको छ । डोरी पनि उल्टो अवस्थामा थियो । मृतक दिपक भक्तबहादुर वि.क.कको सुनचाँदी पसलमा काम गर्ने कामदार हुन् ।

यता सो घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार नै पत्रकार सम्मेलन गरी घटनाको विषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलन प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले मृतक वि.क. झुण्डिएको रिपोर्ट पोष्टमार्टममा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रहरीले स्थानीय र जनप्रतिनिधिको रोहवरमा ताला काटेर भित्र गएको बताएको छ । मृतकको घाटीमा डोरिको पासो मात्रै देखिएको र शरीरको अन्य स्थानमा कुनै चोटपटक नभएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । घटनास्थलको प्रकृति, फोटो र भिडियोको आधारमा प्रहरी गम्भीरताका साथ अनुसन्धानमा लागेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा ४ जना डाक्टरले पोष्टमार्टमा गरेको प्रहरी प्रमुख शाहले जानकारी दिए । मृतक दिपकको मोवाइल डाटा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाई राखिएको समेत प्रहरी प्रमुख शाहले बताए । अनुसन्धान प्रक्रिया अघि बढिरहेको र अहिले नै यो फाइनल रिपोर्ट आइनसकेको शाहले जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै प्रहरी घटनास्थल पुगि अनुसन्धान अगाडि बढाएको प्रहरी प्रमुख शाहले बताए । अहिलेसम्म कोहि संकास्पद व्यक्ति पक्राउ नपरेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण