पाेखरा । पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको हत्याको अरोपमा पक्राउ परेका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अहिलेसम्म प्रहरी हिरासतमा रहेका पौडेललाई अदालतको आदेशपछि कास्की कारगार चलान गरिएको छ । समाधान दैनिकका लागि सुरेशराज अधिकारीले न्युज लेखेका हुन् ।
न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले मंगलबार पौडेललाई थप अनुसन्धानका लागि कारागार पठाउने आदेश गरेको हो । नेपाल सरकार वादी र कुसुम पौडेल प्रतिवादी भएको मुद्दामा न्यायाधीश साहले त्यस्तो आदेश गरेका हुन् । जिल्ला अदालत कास्कीमा थुनछेक बहसपछि न्यायाधीश साहले कुसुमलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएका थिए ।
न्यायाधीश साहले अहिलेसम्मका प्रमाणका आधारमा कुसुम कसुदार देखिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि थुन्न आदेश गरेका हुन् ।
अदालतमा मंगलबार भएको थुनछेक बहसमा कुसुमले श्रीयाको बलात्कारपछि हत्या गरेको बयान दिए । रक्सी खाएर मात्तिएपछि पैसाको प्रलोभन पारेर बाटोभन्दा केही मिटर पर लगेर बलात्कार गर्न लागेको कुसुमको बयान छ । श्रीयाले बलात्कारको प्रतिकार गर्दा घाँटीमा थिचेको र बेहोस भएको थाहा पाएपछि टाउकोमा ढुंगाले हानेर हत्या गरेको बयान कुसुमले अदालतमा दिएका छन् । उनले हत्यापछि श्रीयाको शवलाई झाडीमा फालेका थिए ।
जिल्ला अदालतले कुसुमलाई थुनुवा पुर्जी दिई जिल्ला कारागारमा पठाएको स्रेस्तेदार जगनाथ पौडेलले जानकारी दिए । वादी र प्रतिवादीले दिएको तत्काल प्रमाणको आधारमा अहिले पुर्पक्षका लागि पठाएको स्रेस्तेदार पौडेलले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता गराएको थियो । त्यसअघि अनुसन्धान रिपोर्ट र जुटेका जति प्रमाणसहितको अभियोगपत्र जिल्ला प्रहरीले न्यायाधिवक्ताको कार्यालयमा बुझाएको थियो । प्रहरीले मंगलबार अदालतमा कुसुमले बयान दिएको भिडियो रेकर्ड, पोस्टमार्ट रिपोर्ट रिपोर्ट लगायत प्रमाण पेस गरेको छ ।
अदालतमा मंगलबार जिल्ला न्यायाधिवक्ता अजुर्नप्रसाद कोइरालाले कुसुमको विपक्ष र र वैतनिक वकिल कृष्णकुमार श्रेष्ठले पक्षमा बहस गरेका थिए । असोज ९ गते बेलुका पोखरा महानगरपालिका २२ कोदीबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले कुसुम पौडेललाई पक्राउ गरेको थियो । उनी आफ्नै घरबाट पक्राउ परेका थिए ।
असोज ८ गते साँझ घरबाट बिस्कुट किन्न ५ मिनेटको बाटोमा रहेको दोकानमा गएकी श्रीया ९ गते विहान मृत फेला परेकी थिइन् । हत्यारा पत्ता लागिसकेको अवस्थामा अस्पतालभित्रै लास राखेर पनि केही नहुने भन्दै गत १७ गते श्रीयाका आफन्तले उनको दाहसंस्कार गरेका थिए ।
सम्बन्धित खबर
कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी