पोखरा, २५ असोज । केहि वर्ष पहिले आफै अस्वस्थ हुँदा मृत्यु सम्मुख पुगेर पुनर्जीवन पाएका हुन् शिवराज बस्ताकोटीले । अझै पनि उनी व्यवस्थित पोखरा बनाउने अभियानमा उत्तिकै क्रियाशील छन् । पेशाले पत्रकार बस्ताकोटी सबैका प्रिय ‘शिव दाइ’ हुन् । पृथ्वीचोक, सभागृहचोक लगायतका क्षेत्रमा ट्राफिक प्रहरीसँगै स्वयंसेवी ट्राफिकका रुपमा धेरैले शिव दाइलाई देखेको हुनसक्छ । उनै शिव दाइ प्रहरी दिवसका अवसरमा सम्मानित भएका छन् ।
६३ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरीले उनलाई सम्मान ग¥यो । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमान, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले कदरपत्र सहित सम्मान गरे ।
पत्रकार बस्ताकोटीलाई स्वयंसेवकका रुपमा पोखराको ट्राफिक व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कदरपत्रमा उल्लेख छ ‘मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नागरिक जिम्मेवारी प्रति संवेदनशील भई तपाईंले कास्की जिल्लाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि स्वयंसेवकको भूमिका निवाृह गरी अविछिन्न रुपमा सो कार्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएकोले उक्त योगदानको उच्च मूल्यांकन गर्दै व्यवसायिक एवं पारिवारिक जीवनको सफलताको कामना सहित कदरपत्र प्रदान गरिएको छ ।’

प्रहरी दिवसको अवसरमा प्रहरीको गतिविधि, शान्ति अमन चयनमा सघाउ पु¥याउने व्यक्ति तथा संघसंस्थालाई सम्मान पनि गरिएको थियो ।
तस्विरः मेरो हेडलाइन
सम्बन्धित खबर
अर्जुनचौपारीमा मंगलबार सार्वजनिक बिदा
गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती सुरू
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा बन्यो
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति