स्याङ्जा । पुतलीबजार नगरपालिका–१४ की सुस्त मनःस्थितिकी बालिकालाई फेरि बलात्कार गर्ने ४८ वर्षे जुद्धबहादुर भण्डारी अहिले स्याङ्जा प्रहरी हिरासतमा छन् । १६ वर्षीया ति बालिकालाई करणी गरेको आरोपमा प्रहरीले पक्रेको हो ।
ती बालिका ६ वर्ष पहिले पनि बलात्कृत भएको खुलेको छ । साविक पुतलीबजार नगरपालिकाका–८ का ४७ वर्षे मेगबहादुर भुजेलले नाबालिका १० वर्षको हुँदा करणी गरेका थिए । भुजेल हालसम्म फरार छन्। जिल्ला अदालतले पीडक मेगबहादुर भुजेललाई १५ वर्ष कैद सजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ।
अहिले उनै बालिका फेरि बलात्कारको शिकार भएकी हुन् । बाख्रा चराएर घर फर्कने क्रममा उनले बलात्कृत भएकोे प्रहरीले जनाएको छ। ती बालिका गत शुक्रबार आफ्ना बाबुसँग जंगलमा वस्तु चराउन गएकी थिइन्। करिव २ बजेतिर बाबुले बाख्रा लिएर घर गएपछि बालिका एक्लै गोरु चराउँदै थिइन्।
त्यही बेला छिमेकी भण्डारीले पैसाको लोभ देखाएर करणी गरेको प्रहरीले जनाएको छ। ‘जंगलमा बालिकाको मुख थुनेर कसैलाई नभन्नु भनेर धम्की दिई करणी गरेको थाहा भएको छ’, प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भने, ‘भण्डारीले चाउचाउ खाउ भनेर ३ वटा २० रुपैयाँको नोट दिएर फकाउने प्रयास गरेको देखिन्छ।’
घर फर्केपछि नुहाउने क्रममा पीडित बालिकाले यौनांगमा पीडा भएको बताएपछि आमाबुबाले सोधखोज गरेका थिए। सोधखोज गर्ने क्रममा घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरिएको हो। अभिभावकको किटानी जाहेरी बमोजिम आरोपितलाई करणी मुद्दामा ३ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
प्रतिकात्मक तस्विर
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु