पोखरा । कर्मचारी सञ्चय कोष पोखराका सञ्चयकर्ता र कर्मचारीले स्वास्थ्य उपचारका लागि प्रयोगशालाको सेवामा छुट पाउने भएका छन् । उनीहरुले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) मा हुने सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट पाउने भएका हुन् ।
यस्तै, यूआरएलमा काम गर्ने कर्मचारीलाई पनि नयाँ श्रम ऐन अनुसार संस्थाले उपदान र सञ्चयकोषको व्यवस्था समेत गरेको छ । श्रम ऐन अनुसार मासिक तलब पाइरहेका कर्मचारीलाई संस्थाले गरेको यो निर्णयले थप फाइदा पुगेको छ ।
यससम्बन्धी सम्झौतामा शुक्रबार युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र कर्मचारी सञ्चय कोष पोखराका कार्यालय प्रमुख दिलीपराज पौडेलले हस्ताक्षर गरे । सञ्चयकर्तालाई बढी भन्दा बढी लाभ दिन र विभिन्न उद्योग, व्यवसाय, प्रतिष्ठानको सञ्चयकोषप्रति आकर्षण बढाउन यस्तो सम्झौत गरिएको कर्मचारी सञ्चय कोषले जनाएको छ ।
युआरएलका प्रबन्ध निर्देशक पन्तले युआरएल विभिन्न संघ, संस्थासँगको सहकार्यमा सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय ल्याब सेवा दिन संस्था प्रतिवद्ध रहेको बताए । युआरएलले यसअघि २३ वटा संघ, संस्थासँग यस्तो सम्झौता गरिसकेको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो