तनहुँ । व्यास नगरपालिका वडा नं ३ पराशर टोल स्थित अनशन चौतारा लाईनमा आइतवार देखि निशुल्क वाईफाई सुविधा जडान भएको छ । वडा कार्यालय र वल्र्डलिङ्क कम्युनिकेशन बीच सम्झौता भई कम्पनीले ५ वर्षका लागि निशुल्क रुपमा वाईफाई सेवा उपलव्ध गराएको हो ।

वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सदस्य रबिन पौडेल, चौतारा निर्माण समितिका अध्यक्ष सुदिप काफले र कम्पनीका तर्फबाट प्रवन्धक मनोज मल्लले आइतवार सम्झौतामा हस्ताक्षर गरी वाईफाईको औपचारिक सुरुवात गरिएको हो । पार्क निर्माणको योजना डिजाइन बन्ने क्रममा रहेको यस क्षेत्रलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने तथा अस्पताल क्षेत्र एवं चौतारामा विश्राम गर्ने स्थल भएकाले जनतालाई निशुल्क इन्टरनेटको पयोगको व्यवस्था गरिएको वडा सदस्य रबिन पौडेलले वताए ।

एकै पटक १ सय जनाले पति व्यक्ति २ एमविपिएस डाटा बरावरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाईफाइको व्यवस्था गरिएको वल्र्डलिंकका दमौली शाखाका प्रमुख मनोज मल्लले बताए । लगातार १ घण्टा चलाएपछि भने पुन कनेक्ट गर्नुपर्नेछ । साइवर क्राइम रोक्नका लागि यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ । वल्र्डलिंककै गाहकका हकमा भने आफ्नै युजर नेम प्रयोग गरी लगातार प्रयोग गर्न पाईने बताइएको छ ।

चौतारा निर्माण समितिको आगहमा वल्र्डलिंकले सामाजिक उत्तरदायित्व अन्तरगत निशुल्क रुपमा वाईफाईको व्यवस्था गरेको समितिका अध्यक्ष सुदिप काफलेले जानकारी दिए । ३ सय २५ फुट लम्वाईको अपाङ्गमैत्री चौतारा सम्भवत देशकै पहिलो हुन सक्ने भन्दै अध्यक्ष सुदिप काफलेले चौतारालाई नमुना वनाउने अभियान अन्र्तगत समितिको आगहमा कैलाश बैंकले बत्ति जडान र वल्र्डलिंकले इन्टरनेट जडान गरिदिएको जानकारी दिए ।
जडान तथा धरौटीका लागि सुरुमा लाग्ने १७ हजार र उपकरणका लागि लाग्ने विद्युतको व्यवस्था प्रथम पक्षले व्योहोर्नुपर्नेछ भने वाईफाई भने ५ वर्षका लागि निशुल्क पयोग गरिने सम्झौतामा उल्लेख गरिएको छ । सो क्षेत्रलाई रात्रिकालिन पर्यटकिय गन्तव्यका रुपमा समेत विकास गर्ने दिर्घकालिन लक्ष्य वडाले लिएको छ । कुल २२ लाख ८ हजार लागत लागेको चौतारा निर्माण योजनामा १८ लाख ४२ हजार प्राप्त भएको समितिले जनाएको छ ।
सम्बन्धित समाचार :
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन