सुन्दरकुमार थकाली, मुस्ताङ । दसै पर्व २०७५ को अवसरमा थासाङ २ सौरु गाउँमा अन्तर गाउँस्तरिय भलिबल प्रतियोगिता भएको छ ।एक आपसका गाउँबीच खेलका माध्यमबाट मैत्रीपूर्ण संम्वन्धलाई थप प्रगाढ तुल्याउने उद्देश्यले सिक्सस्टार क्लव सौरुले प्रतियोगिता आयोजना गरेको हो ।
शुत्रबार देखि आईतबार ३ दिनसम्म सौरु खेल मैदानमा संञ्चालन भएको भलिबल प्रतियोगितामा थासाङ २ लार्जुङ गाउँ च्याम्पियन बनेको हो ।आज भएको अन्तिम फाईनल खेलमा लार्जुङले बोक्सीखोलालाई ३–१ को सेटले हराउँदै उपाधि जितेको हो ।च्याम्पियन बनेको लार्जुङले उपाधि संगै नगद २५ हजार प्राप्त ग¥यो ।यस्तै उपबिजेता बोक्सीखोलाले नगद १५ हजारमै चित्त बुझाएको छ ।
यसअघि भएको सेमीफाईनलमा लार्जुङ भर्सेस धम्पु र कोवाङ ए भर्सेस बोक्सीखोला आमने सामने भएका थिए ।प्रतियोगिताको सर्वोउत्कृष्ठ खेलाडी अजित गौचन घोषित भए ।
अन्तर गाउँ स्तरिय दसै कप भलिबल प्रतियोगितामा छयो, लेते ए, लेते बि, धम्पु, नाउरिकोट, चिमाङ, मार्फा, देउराली, लार्जुङ,सौरु, कोवाङ ए, कोवाङ बि, टिटी नाकुमगरी कुल १४ टिमको सहभागि रहेको थियो । प्रतियोगिताका बिजेतालाई थसाङ २ का वडाअध्यक्ष नरप्रसाद हिराचनले पुरस्कार प्रदान गरेका थिए ।अध्यक्ष हिराचनले दसैको अवसरमा संञ्चालन भएको प्रतियोगिताले अन्तर गाउँबीचको सम्वन्धलाई दरिलो बनाउने प्रयास भएको बताए ।
सम्बन्धित खबर
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
मुस्ताङको लेतेदेखि कोरलासम्म दुई सातादेखि रोकिए ५ सय बढी कन्टेनर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला