पछिल्लो समय चलचित्रमा अभिनय गरेर स्थापित हुँदै गएकी २१ वर्षीया नायिका रुपा थापा मगरको बिहेको दुलान फर्काएर घर फर्किरहेका बेला स्कुटर दुर्घटनामा ज्यान गएको छ ।
उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् । मृतक थापाले मगरले चलचित्र लर्फु (पछ्यौरी) मा नायिकाको रुपमा अभिनय गरेकी थिइन् भने पाल्पाका विभिन्न एफएम रेडियोमा समेत प्रस्तोतामा रुपमा काम गरेकी थिइन् । घाइते महेश जापानमा बसोबास गर्दै आएका छन् । उनी गत महिना मात्र नेपाल फर्केर पहिल्यैदेखि प्रेम सम्बन्धमा रहेका रुपासँग बिहे गरेका थिए ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू चढेको लु३७प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु१च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो ।
घाइते थापाको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते थापाका श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको छ । उनको अवस्थासमेत गम्भीर रहेको अस्पतालले जनाएको छ । उनीहरूको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो ।
मगर विद्यार्थी संघ पाल्पाकी पूर्वअध्यक्षसमेत रहेकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा