मुस्ताङमा प्राचिन मूर्ति चोर्न खोज्ने समूह फरार, प्रहरीद्वारा खोजी कार्य तीब्र

मुस्ताङमा प्राचिन मूर्ति चोर्न खोज्ने समूह फरार, प्रहरीद्वारा खोजी कार्य तीब्र

gandak

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउपालिका २ छेङ्गुरको एक घरमा प्राचिन गौतम बुद्धको मूर्ति चोर्ने प्रयास असफल भएको छ ।

छेङ्गुरका स्थानीय गमबहादुर गुरुङको घरमा सोमबार मध्यरातमा ब्ल्याकक्याटधारी पोशाकमा आएका केही व्यक्तिहरुले प्राचिन बुद्धका मूर्तिहरु चोर्ने असफल प्रयास गरेका हुन् ।घटनाबारे प्राप्त जानकारी अनुसार गमबहादुर गुरुङको छेङ्गुरमा साढे २ तले माटोले बनेको घर छ ।

उनी संग साना ठुलागरी केही प्राचिन बुद्धका बहुमूल्य मूर्तिहरु थिए ।गमबहादुरले ति बुद्धका मूर्तिहरु माथिल्लो तलाको पूजा कोठामा सिसाको दराजमा राखेका थिए । सधै उक्त पूजा कोठामा तिनै बुद्धको मूर्तिलाई उनले पुजाआजा गथ्र्ये ।अन्य समय पुजा कोठामा ताल्चा लगाईएको हुन्थ्यो ।

डाकाहरु भाग्ने क्रममा भईमै छरपष्ट बुद्धका मूर्तिहरु

गमबहादुरको घरमा श्रीमती,आमा,सासु,साली र छोरीसमेत गरेर ६ जना बस्छन् ।साथै उनकै घरमा ज्वाई यूङडुङ गुरुङको भेडाच्याङ्ग्रा हेर्ने गोठाला समेत संगै बस्ने गथ्र्ये ।

गमबहादुरलाई के थाहा आफ्नो घरमा भएको बुद्धको मूर्ति लुट्ने प्रयास हुन्छ भनेर। उनले कल्पना सम्म पनि गरेका थिएनन् ।तर,सोमबारको घटनाले मूर्तिकै कारण उनी माथि थप सुरक्षा चुनौति थपियो । मध्यरात गमबहादुरका सबै परिवार खाना खाएर सुतिसकेका थिए ।

उनकै घरमा बसेका करिव ४५ वर्षका गोठालो राजु गुरुङ पनि साथै थिए ।मध्यरातमा मूर्ति लुट्ने उद्देश्यले आएका डाकाहरु गमबहादुरको घरको तेश्रो तलामा पुगे ।मूर्ति भएको कोठा ताल्चा लगाईएको थियो । डाकाहरुले मूर्ति राखिएको कोठाको ताल्चा नफोरी चुक्कुल खोलेका थिए ।माथिल्लो तलामा गड्याङ गुडुङको आवास सुनिएपछि गमबहादुरका परिवार ब्यूतन पुगे ।

माथिल्लो तलामा डाकाहरु प्रबेश गरेको थाहा पाएपछि गमले परिवारका सदस्यलाई भूईतलामै राखेर बाहिर निस्कने मुख्य ढोका बन्दगरी गाउले गुहार्न पुगे ।गमबहादुर गाउले गुहार्न जादा माथिल्लो तलामा भएका डाकाहरु हाम्फाले भागे ।यसअघि कालो पोशाकमा आएका डाकाहरुले मूर्ति राखिएको दराज हातैले फोरेका थिए ।घरमा हल्लीखल्ली भएपछि डाकाहरु अत्तालिएर भागेको बताईएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार डाकाहरुले हातैले सिसाको ¥याक फोर्दा रगतहरु छरपष्ट भएको छ ।डाकाहरु भाग्ने क्रममा नीजहरुले प्रयोग गरेको एकथान गोलीसहित लोड गरिएको कुटुवा पेस्तोल पूजा कोठामा छरपष्ट छाडेर भागेको प्रहरीले जनाएको छ ।प्रहरीको रिपोर्टमा मूर्ति चोर्ने उद्देश्यले आएका डाकाको संख्या २ जनाएपनि डाकाहरु ४ जना भएको गोठालो राजु गुरुङको भनाई छ ।उनले डाकाहरु पुरै कालो हुलियामा अनुहार छोपेर आएको बताए ।

मध्यरातमा डाकाहरु मूर्ति छाडेर झोङ पुडाग हुदै फरार भएको गोठाला गुरुङले जनाए ।यता, गोठाला गुरुङलाई पनि अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।घटनापछि ईलाका प्रहरी कार्यालय मूक्तिनाथले मंगलबार बिहान १ः३० बजे जिल्लामा खबर गरेको हो ।यसपछि जिल्ला प्रहरी कार्यालबाट प्रहरी टोली घटना स्थलमा पुग्दा डाकाहरु भरार भईसकेका थिए ।प्रहरीका अनुसार डाकाहरुले प्राचिन बुद्धको मूर्तिहरु चोर्ने प्रयास गरेको बताएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्ष महेन्द्र खड्काले जिल्लामा यातायातको संञ्जाल बिस्तारपछि आन्तरिक तथा बाह्य पर्यटक बृद्धि भईरहेको बेला यसप्रकारका घटनाले सुरक्षा चुनौति थपिएको बताए ।उनले यसप्रकारका घटनाबाट प्रहरीले उच्चसुरक्षा सर्तकता अपनाईरहेको जानकारी दिए ।प्रहरीले गर्ने सुरक्षा निगरानीलाई नागरिक समाजले सहयोग गर्नु पर्ने सुझाए ।उनका अनुसार घटनामा संङ्ग्लन डाकाहरुको तिब्र गतिमा खोजीकार्य भईरहेको जानकारी दिए ।

घटनापछि प्रहरीले जिल्लाका सबै प्रहरी ईकाईहरुमा खबर गरिसकेको छ भने ,केही प्रहरीहरु घोडामा चढेर उपल्लो मुस्ताङतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।वारागुङका स्थानीय समाजसेवी रमेश गुरुङले मूर्ति चोर्ने घटना सुनियोजित भएको हुनसक्ने अनुमान गरे ।‘मुस्ताङमा बिकास संगै बिकृति बिसङ्गति मौलाउन सुरु गरेको उल्लेख गर्दै समाजसेवी गुरुङले यसतर्फ प्रहरी र नागरिक समाजले उच्चसर्तकता अपनाउन जरुरी भएको उल्लेख गरे । सरोकारवालाका अनुसार गमको घरमा बुद्धको मूर्ति छ भन्ने थाहा हुने व्यक्तिको संयूक्त मिलेमतो मूर्ति लुट्ने प्रयास गरेको हुनसक्ने आसङ्का गरेका छन् ।

यसअघि २०७२ सालमा पनि घरपझोङ १ छेरोमा एक स्थानीय घरमा समेत चोरी डाका भएको थियो ,भने केही महिना अघि मुक्तिनाथको एक होटलमा कामगर्ने मजदुरले होटलमा लुटपाट गरेका थिए ।दसै तिहार बिदाको समयमा मुस्ताङमा केही दिनदेखि सयौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको बेला यसप्रकारको घटनाले जिल्लामा थप सुरक्षा चुनौति थपिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट
बयरघारी रमाइलो मेला हुने
महेन्द्रपुल यु २३ बास्केटबल सुरु
बदली र वर्षाको सम्भावना

ट्रेन्डिङ