जोमसोममा करोडौंको बसपार्क अलपत्र !

जोमसोममा करोडौंको बसपार्क अलपत्र !

g1

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङ जोमसोममा निर्माधिन करोडौंको बसपार्क यतिबेला अपपत्र परेको छ । संघियता कार्यान्वयपछि देखिएको कार्यालय स्थान्तरणको अन्योलता र बसपार्क निर्माणको काममा देखिएको सुस्तताले काममा प्रगति हुन नसकेको शहरी बिकास तथा भवन निर्माण विभाग,डिभिजन कार्यालय बाग्लुङका ईन्जिनीयर तेजेन्द्र पौडेले बताए ।

बिभागको क्रमागत बजेट करिव ३ करोड ५० लाखमा बसपार्कसहित ढलको काम अघि बढाईएको हो ।जसमा कालोपत्रे बसपार्क निर्माण गर्ने लक्ष्य छ । हाल ढलको काम करिव पुरा भएको भएपनि बसपार्कको काम आधाजसो थाँतीनै छ ।यसको सबै जिम्मा डिभिजन कार्यालय बाग्लुङले हेर्दै आएकोमा कार्यालयको काम कहाबाट संञ्चालन हुने भन्नेमा टुङ्गो नलाग्दा समस्या उत्पन्न भएको ईन्जिनीयर पौडेलको भनाई छ।अमित–रोशन निर्माण सेवाका तर्फबाट प्रतिनिधि स्थानीय राजेन्द्र शेरचनले बसपार्कको ठेक्का संम्झौता गरेका हुन्।

निकै मह्त्वपूर्ण स्थानमा सवारी व्यवस्थापन गर्ने उद्देश्यले बसपार्कको काम अघि बढाएपनि भएपनि बसपार्क निर्माणको कामले गति लिन नसक्दा जोमसोममा सवारी पार्किङ समस्या देखिदै आएको छ ।साविक जोमसोम गुम्बा नजिक भएको अस्थायी बसपार्क अहिले साविक वडा ८ जोमसोमको गणेश मन्दिर नजिकको चोकमा राखिएको छ ।यातायात व्यवसायीले जहाँपायो तहि बसपार्क राख्नाले जोमसोम देखि मुक्तिनाथ ओहोर–दोहोर गर्ने सवारी साधनलाई समस्या पर्दै आएको छ ।बसपार्क चोक आफैमा साँघुरो स्थानमा छ ,भने उक्त क्षेत्रमा धौलागिरी बोडिङका विद्याथीहरु आवत जावत गर्छन ।बाटो छेरुमा सवारी रोक्नाले पैदलयात्री र चौपाया आदीलाई समेत समस्या पर्ने गरेको स्थानीय सरोकारवालाहरु बताउछन् ।जोमसोममा बसपार्क निर्माणमा ढिलाई भईरहेको तर पछिल्लो समय पर्यटकको चाप बढेकाले जोमसोम बजारक्षेत्रका सबै सडक साँघुरो हुदै गएको सवारी चालक राज केएनसीले बताए ।उनले जोमसोममा ५ मिटरको सडकमा दोहोर पार्किङ गरेर सवारी राख्नाले समस्या परेको सुनाए ।उनले अहिलेको अस्थायी बसपार्कलाई उचित स्थानमा स्थान्तरण गरिनुपर्ने सुझाए ।यता, गाउपालिकाले यसबारे कुनै ध्यान दिएको देखिन्न ।

२ वर्ष ६ महिना सम्झौता अवधि रहेको जोमसोमपार्क समयसिमा आउदो पुस मशान्तमा सकिदै छ ।तर,यतिबेला बसपार्कको काम भने ६० प्रतिशत मात्र सकिएको छ ।जोमसोममा निर्माण गरिने कालोपत्रे बसपार्कको सुरुवाती डिपिआर अनुसार लम्बाई २ सय मिटर र चौडाई सय मिटरको छ ।बसपार्क स्थलमा डोजरले जग्गा खार्दा समेत जग्गा अपुग भएपछि बसपार्कको क्षेत्रफल घट्न पुगेको ईन्जिनीयर पौडेल जानकारी दिए।बसपार्क स्थल छेउ जग्गा अपुग भएपछि हाल उक्त बसपार्कको लम्बाई १ सय ४० मिटर र चौडाई ७० मिटरमा झारिएको ईन्जिनीयर पौडेलले बताए ।उनले बसपार्कसहित ढल निर्माणका लागि बिनियोजित बजेट कम भएको थियो ।

तर बसपार्क लम्बाई र चौडाई घटेपछि ढल निर्माणमा समेत सहज हुने उल्लेख गरे । बसपार्कको काममा कालापत्रे गर्ने,पर्खाल लगाउने ,गे्रडिङ मिलाउने आदी काम बाँकी छन् ।चिसोयाम सुरु भईसकेकाले बसपार्कको काम पुनः सुरु हुन केही महिना लाग्ने देखिएको छ ।बसपार्कको कामले गति लिएको छैन। बसपार्क छेरु भएको टहरो हटाउन ढिलाई भयो,’उनले भने,‘हामीले गाउँपालिकालाई जानकारी गरायौं,टहरो ढिलागरी हट्यो ।

’ईन्जिीयर पौडेलले सुरुवाती चरणमा काममा प्रगति हुन नसक्दा बजेट बिनियोजनमा समस्या परेको खुलाए ।उनले चालुवर्ष बसपार्कका लागि ५० लाख बजेट प्रस्ताव भएको बताए ।उनले जोमसोम बसपार्क निर्माणको अवस्था के छ ,कति प्रगति भएको छ हेर्न समस्या परेको उल्लेख गरे ।सहरी बिकास तथा भवन निर्माण विभिाग डिभिजन कार्यालयमा कार्यरत लेखाशाखा तथा अन्य कर्मचारी काजमा सरुवा भई गएको र अन्य कर्मचारीको पनि टुङ्गो नभएको बताए ।उनले कार्यालय सम्हाल्दै आएको जिम्मेवारी प्रदेशमा रहने वा कहाँ भन्नेबारे अन्योलता सृजना भएकाले बसपार्कको काम थाँती रहेको बताए ।
शहरी बिकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय बाग्लुङले मुस्ताङमा बसपार्क,ढल लगायत स्वास्थ्य कार्यालयका आदीका भवनको निर्माणमा काम गदै आएको थियो ।स्वास्थ्य भवन आदीका सबै संरचनाको काम साविक कार्यालयबाट नभई प्रदेश सरकारले जिम्मा लिईसकेको ईन्जिनीयर पौडेलको भनाई छ ।उनले बाग्लुङ कार्यालयमा रहेको जिम्मेवारी र कार्यालयको बारेमा अझै अन्योलता रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ