तनहुँ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमको समझदारी पत्रमा मेयर र एसपीले हस्ताक्षर गरेका छन् । सुरक्षा सचेतना अभिबृदी गर्न एंव स्थानीय तहमा सेवा प्रवाहमा सुरक्षाको प्रभावकारी समन्वय कायम गर्ने तथा स्थानीय तह र प्रहरीका साझा जिम्मेवारीका सम्बन्धमा सहकार्य गर्ने प्रमुख उद्देश्यले देशव्यापी रुपमा संचालन हुन लागेको “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम कार्यन्वयन गर्ने सम्बन्धी समझदारी पत्रमा स्थानिय निकायको तर्फबाट ब्यास नगरपालिकाको प्रमुख (मेयर) बैकुण्ठ न्यौपाने र जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शिद्धी बिक्रम शाहले एक समारोहको बिच हस्ताक्षर गरेका हुन् ।
प्रहरी, स्थानीयतह, समुदाय, सामजिक संघ संस्था-बिद्यालय बिच साझेदारी निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्न, समुदाय स्तरमा अपराध रोकथामलाई प्राथामिकता राखी सामुहीक प्रयास गर्न, दिगो र दिर्घकालीन साझेदारीको संयन्त्र निर्माण गर्न उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल जानकारी दिए ।
उक्त अवसरमा बोल्दै प्रहरी उपरीक्षक शिद्धी बिक्रम शाहले अपराधको रोकथाम, नियन्त्रण, बिकृती, बिसंगती, न्युनिकरण गर्न र शान्ती सुरक्षा कायम गर्न जन समुदायको अहम भुमिका रहेको बताए । साथै ब्यास नगरपालिकाको नगर प्रमुख बैकुण्ठ न्यौपानेले सुरक्षा र बिकासको लागी तथा समाजलाई सुरक्षित राख्नको लागी प्रहरी र जनप्रतिनिधिहरु बिच समन्वय हुनु पर्ने बताए ।

तनहुँ जिल्लामा प्रहरी-समुदाय साझेदारी कार्यक्रमको आईतबार बिहान १० बजे ब्यास नगरपालिकाको सभा हलमा उदघाटन हुने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’