नासा टोलि कोरला पुगे

नासा टोलि कोरला पुगे

g

सुन्दरकुमार थकाली,मुस्ताङ,१०कार्तिक ।

नासा बुलेट क्लवका ३३ सदस्यीय पदाधिकारी टोलि शुक्रबार मोटरसाईकल ¥याली गर्दै उत्तरी कोरलानाका पुगेका छन् ।आसन्न नेपाल भ्रमण वर्ष २०२०लाई लक्ष्यगर्दे टोलि मुस्ताङको कोरला पुगेको हो ।

नासा अटोमोवाईल्स एशोसियन संग आवद्ध रहेको क्लवले जनाएको छ ।यो खेलकुद खेलकुदक्षेत्रमा समेत आवद्ध रहेको निजि संस्था हो ।नासाले खेलकुदक्षेत्रमा मात्र नभई नेपालको आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धनमा समेत उक्तिकै योगदान गर्दै आएको छ ।

२०६५ सालमा स्थापना भएको यस क्लवले नेपालका विभिन्नक्षेत्रहरुमा पुगेर पर्यटन प्रर्वद्धनमा योगदान गर्दै आएको क्लवका अध्यक्ष प्रकास लिम्बुको भनाई छ ।यसपटक पनि सरकारको पूर्व तैयारी अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न मोटरसाईक ¥यालीसहितको प्रचार प्रसार गर्ने उद्देश्यले साहसिक यात्राका लागि उपल्लो मुस्ताङ आएको बताए ।‘टू ह्वीलर पर्यटन प्रर्वद्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो ।२ ह्वीलरको सहयोगमा नेपालका जुनसुकै गन्तब्यमा पनि यात्रा गर्न सकिन्छ भन्ने उदाहरण पनि हो ,’उनले भने,‘यस पटक समय अभावले कसै संग सहकार्य गरेनौ ,तर हामी सबै स्वतःस्फूर्त देशको समृद्धी र बिकासका लागि जुटेका हौ ।’उनले नासा क्लवकै अगुवाईमा नेपाल भ्रमण वर्ष २०११ मा ताप्लेजुङ देखि पाथिभराको प्रर्वद्धनमा ¥याली गरेको बताए ।

२०७३ मा राराताल र गतवर्ष तिलिचो तालको प्रचार प्रसारका लागि ¥याली संम्पन्न गरेको उनले बताए ।नासा बुलेट क्लवमा विभिन्न पेशा व्यवसायीमा आवद्धमा व्यक्तिहरुको सहभागि छ ।नासा क्लव व्यवसायिक कम्पनी हो ।यसका सेवाग्राही स्वतः नासाका सदस्य रहने प्रावधान रहेको क्लवले जनाएको छ ।

क्लवले गरेको यसप्रकारको कार्यक्रमबाट नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पू¥याउने उद्देश्यका साथै ट्राफिक नियमको पालना गर्नका लागि शिक्षा प्रदान गर्ने आदी रहेको क्लवका महासचिव रामशाहले जानकारी दिए ।उनले नेपाल चारवर्ण छत्तिस जातको साझा फुलबारी भएकाले एकआपसमा भाईचारा अभिबृद्धि गर्ने मूल उद्देश्य रहेको उल्लेख गरे ।

‘हाम्रो उद्देश्य आन्तरिक पर्यटनको प्रर्वद्धन मात्र नभई नेपाल र नेपाली जनतालाई चिनाउने हो,उनले भने,‘वर्षेनी क्लवले पर्यटन प्रर्वद्धनका लागि कार्यक्रम गर्दै आएको छ ।प्राकृतिक सम्पदाले नै नेपाल धनी छ भन्ने सन्देस प्रवाह गर्ने हाम्रो ध्येय हो ।’ उनले नेपालमा थुप्रै गन्तब्य ओझेलमा परेको उल्लेख गर्दै महासचिव शाहले जसलाई प्रचार प्रसारको खाचो रहेको सुझाए ।‘हाम्रो यो सानो प्रयास मात्र हो,हाम्रो प्रयासले थुरै भएपनि पर्यटन प्रर्वद्धनमा सहयोग पू¥याउने छ ।उनले मुस्ताङ हरियाली बिनाको सुन्दरता हुन्छ भन्ने तथ्य मुस्ताङ हेरेर थाहा पाएको बताए ।

नासा क्लवको टोली बुधबार काठमान्डौबाट उत्तरीकोरलानाकाको भ्रमणमा निस्किएको हो ।कार्तिक ७ गते देखि सुरु भएको मोटरसाईकल टू ह्वीलर मोटरसाईकल ¥याली १५ गते सम्म रहने क्लवले जनाएको छ ।यसअघि नासा बुलेट क्लवका सदस्यहरुलाई मुस्ताङका ५ वटै स्थानीयतहले स्वागत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ