समुदाय–प्रहरी साझेदारीपत्रमा स्थानीय तहको ऐक्यबद्धता

समुदाय–प्रहरी साझेदारीपत्रमा स्थानीय तहको ऐक्यबद्धता

g1

सुन्दरकुमार थकाली, मुस्ताङ । प्रहरी प्रधान कार्यालयले आईतबार मुलुकभर समूदाय–प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको छ ।जसअन्तर्गत जिल्ला प्रहरी कार्यालय मुस्ताङले आईतबार आयोजना गरेको समूदाय–प्रहरी उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय र यहाका स्थानीयतहले साझेदारीपत्रमा हस्ताक्षर गरे ।

घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकाली,थासाङ गाउपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन र वारागुङ मूक्तिक्षेत्र गाउपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् भने, जिल्ला प्रहरी कार्यालयका तर्फबाट प्रनाउ महेन्द्र खड्काले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमको समूद्घाटन गर्दै जिससकी प्रमूख छिरिङ ल्हामो गुरुङले समाजमा सुशासन कायम राख्न सरकारले अघि सारेको समूदाय–प्रहरी साझेदारी कार्यक्रम उत्कृष्ठ रहेको औल्याईन् ।उनले शान्ति सुरक्षाको प्रत्याभूति तथा भयरहित समाज निर्माणका लागि प्रहरी निकाय मात्र जिम्मेवार होईन यसमा सबै सरोकारवालाहरुको उक्तिकै दायित्व भएकाले यसप्रकारको कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन् ।

‘कार्यक्रम सुकिलो र चम्किलो हुदैमा त्यसको प्रतिफलको अनुभूति जनताले गर्न सक्दैनन् ।यसको कार्यान्वय पक्ष महत्वपूर्ण कुरा हो ।’उनले भनीन् । समाज थुप्रै घटनाहरु सुसुप्त अवस्थामा रहने गरेको उल्लेख गर्दै जिसस प्रमूख गुरुङले यसप्रकारको स्थानीयतह,प्रहरी,समूदाय,संघसंस्था र बिद्यालयबीचको साझेदारीले दूरदराजमा लुकेर रहने घटनालाई कानुनी निकायमा ल्याईपू¥याउन सहयोग पूग्ने उल्लेख गरिन् ।


प्रमूख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नेपाली जनताको पहरेदार नेपाल प्रहरी समूदाय संग कसरी सहकार्य गर्दै अपराध न्यूनिकरण गर्न सकिन्छ भनेर सरकारले पूर्व तैयारी स्वरुप कार्यक्रम ल्याएको बताए ।‘राजधानी र मुस्ताङमा देखिने अपराध तथा बिकृति बिसङ्गतिका घटनाहरु फरक हुन्छ ।स्थानीय स्तरमा कस्ता प्रकृतिका अपराध हुने गरेका छन् भन्ने पहिचान गर्न स्थानीयतहनै बढी नजिक रहन्छ ।

समूदाय संग मिलेर कार्य गर्दा अपराध नियन्त्रण प्रभावकारी हुने भएकाले यसप्रकारको कार्यक्रम आएको हो ।’प्रजिअ क्षेत्रीले भने ।उनले,प्रहरीको गतिबिधि समाज संग रहेर गरिने भएकाले प्रहरीका कमिकमजोरीलाई खबरदारी गर्न सहज हुने बताए ।अहिले प्रहरी संगठनमा एकखालको आसङ्का जन्मिएको उल्लेख गर्दै प्रजिअ पौडेलले प्रहरीले समाजलाई र समाजले प्रहरीलाई हेर्ने दृष्ट्रिकोण फरक भएकाले समूदाय–प्रहरी साझेदारीले जनता र प्रहरीको सहकार्यलाई जोड्न सहयोग पुग्ने बताए ।

घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले समूदाय संग प्रहरी कार्यक्रम उत्कृष्ट रहेको उल्लेख गरे ।उनले प्रहरी र स्थानीय निकायबीच भएको यसप्रकारको सम्झौताले समाजमा सुशासन कायम गर्न बल पुग्ने बताए ।‘स्थानीयतह केवल बिकासको काममा मात्र केन्द्रित रहने गरेको छ ।सरकारी सुरक्षा निकाय र जनताको प्रतिनिधित्व गर्ने निकायबीच सम्वन्ध जोड्ने यो कार्यक्रम स्वागयोग्य छ ।यसलाई सफल बनाउन स्थानीयतहको भूमिका महत्वपूर्ण रहन्छ ।’अध्यक्ष थकाली भने ।

कार्यक्रमको औचित्य माथि प्रकास पार्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र खड्काले भयरहित समाज,अपराध नियन्त्रण तथा बिकृति–बिसङ्गति र अवैध गतिबिधिको पहिचान गर्दै सम्य समाजको निर्माण गर्न समूदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताए । सकारात्मक पहल र सहकार्यलेनै समाज रुपान्तरणमा सहयोग पुग्ने उल्लेख गर्दै शान्तिपूर्ण र अपराध सून्य समाजको लागि एकजूट हुन आग्रह गरे ।उनले प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय मात्र भएकाले संम्भावित अपराध न्यूनिकरण गर्न स्थानीयतहको भूमिका महत्वपूर्ण हुने सुझाए ।पछिल्लो समय स–साना किसोरीहरु बलत्कारको शिकार हुदै आएको उल्लेख गर्दै डिएसपी पाण्डेले बिद्यालयहरुमा सुशासन शिक्षा प्रदान गरिने बताए ।यसअघि डिएसपी पाण्डेले समूदाय–प्रहरी साझेदारी अवधारणा संम्वन्धि प्रस्तूतिकरण गरेका थिए ।कार्यक्रममा प्रहरी निरिक्षक राजेन्द्रप्रसाद रेग्मीले सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरे ।

जिल्लाका ५ वटै स्थानीयतहका निर्वाचित जनप्रतिनिधि,सरकारी निकायका प्रतिनिधि ,३ वटै सुरक्षा निकायका प्रमूख,विभिन्न संघसंस्थाका प्रतिनिधि ,राजनितिक दलका प्रतिनिधि,नागरिक समाज,पत्रकार र सरोकारवालाहरु सम्मिलित कार्यक्रमको संञ्चालन प्रहरी जवान गिता कुवरले गरेकी थिईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ