यातायात व्यवसायीलाई लोकलसेवा सकस

यातायात व्यवसायीलाई लोकलसेवा सकस

g1

मुस्ताङ,13
मुस्ताङमा यातायात सेवा सुरु भएको १२ वर्ष बितेको छ ।२०६३ सालमा पहिलो पटक नेपाली सेनाले मुस्ताङ र म्याग्दी जोड्ने सडक ट्याक खोलेको हो ।सेनाले सडक ट्याक खोलेपछि मुस्ताङमा यातायात सेवा संञ्चालनमा आएको हो ।

यसअघि ट्याक मुस्ताङको निर्माणधिन सडकमा यातायात सेवा संञ्चालन गर्न यहाका केही व्यक्तिले हेलिकप्टर मार्फत केही जीपहरु ढुवानीगरि सेवा संञ्चालनमा ल्याए ।यसपछि म्याग्दी संग सडक जोडिएपछि अरु जीप पनि थपिए ।जिल्लामा पहिलोपल्ट यातायात सेवा सुरु गरेका उनीहरुले संस्था समेत दर्ता गरे ।यस समय मुक्तिनाथ मन्दिरको चर्चा हुने गरेपनि अहिलेको जस्तो मुस्ताङ क्रेज भने थिएन ।यद्यपी मुस्ताङ धार्मिक र बाह्य पर्यटकका लागि राम्रो गन्तब्य छदै थियो ।

एकदशक अघि म्याग्दी र मुस्ताङको सडक जोडिए पनि मुस्ताङका सवारी मुस्ताङमै र म्याग्दीका सवारी म्याग्दीमै चल्थे ।यस बाहेक अन्य जिल्लाका सवारी म्याग्दी र मुस्ताङ प्रबेश गर्न पाउदैनथे ।म्याग्दी र मुस्ताङ समितिले सो समय एकछत्र एकलौटी ढङ्गले सेवा प्रवाह गरे ।यातायातमा भएको एकलौटी सेन्डिकेटका कारण मुस्ताङ भित्रने उद्देश्यले आएका सवारी म्याग्दीको बेनी र मुस्ताङको घासामै रोकिन्थे ।मुस्ताङ र म्याग्दी सडकमा चल्ने यातायात व्यवसायीले राम्रै आम्दानी कमाए ।मुस्ताङमा ३ थरिका पर्यटक आउने गर्छन् ।नेपाली ,भारतिय र तेश्रो मुलुकका पर्यटकका पर्यटकलाई ३ थरिका भाडादर थियो ।समितिले आवश्यक यात्री भएपछि मात्र गाडी गुडाउथे ।सो समयमा यातायात व्यवसायीको जतिसुकै ब्रम्हलुट भएपनि उनीको केही पक्ष भने प्रंशसायोग्य थियो । स्थानीयलाई लोकलसेवा र सवारीमा क्षमता भन्दा बढी यात्रु नराख्न प्रावधान ।जसका कारण यहा कुनै दुर्घटना हुने थिएनन् भने,स्थानीयले आवत जावतमा राम्रै सुविधा प्राप्त गरेका थिए ।

सरकारले सेन्डिकेट खारेज गरेको केही वर्ष मात्र भएको छ ।त्यसमाथि सरकारले पनि समिति खारेज गरेको छ । यातायात व्यवसायी समितिलाई कम्पनी मात्र संञ्चालन गर्न निर्दैशन गरेको छ ।कालिगण्डकी करिडोरले बेनी जोमसोम,जोमसोम कोरला सडकको स्तरोन्नति गरिरहेको छ ।यता मुस्ताङ यातायातमा भएको सेन्डिकेटका सबै अवशेष हटिसकेको छ ।जिल्लामा पर्यटकको फलो बढ्दै गईरहेको र जिल्ला बाहिरका सवारी साधन अन्धाधुन्द भित्रन थालेपछि जोमसोममा आधादर्जन यातायात व्यवसायीका काउन्टर खडा भए ।त्यसो त यहाका यातायात व्यवसायी आपसमै बेमेल हुदा स्थानीय व्यवसायी आफै कमजोर भए ।अहिले मुस्ताङमा आधा दर्जन समितिका बस तथा जीपले सेवा प्रवाह गरेका छन् ।तर जति समितिका सवारी थपिए,जति निर्वाद्ध सवारी चल्न थाले तर यहाका स्थानीयले उपयोग गर्दे आएको लोकल सेवा भने गुम्न थाल्यो ।

मुुस्ताङ सडकमा दिनहु सयौ सवारी गुड्छन् तर स्थानीयलाई गन्तब्य पुग्न असहज भएको छ ।लोकल सेवा संञ्चालन गदै आएको स्थानीय यातायात व्यवसायीले लोकल सेवा कटौती गरेपछि अहिले यो बिषय गौण बनेको छ ।खुला बजार अर्थ निति अनुसार मुस्ताङको पर्यटक व्यवसायमा निजि,हरियो र सार्वजनिक सवारीले एकआपसमा प्रतिस्पर्धा गर्दै आईरहेकाले लोकल सेवा कसले र कसरी दिने भन्ने बिषय गौण बनेको हो ।यता मुस्ताङको तल्लोक्षेत्रका जनताले भने साविक अनुसार लोकलसेवा संञ्चालन जिल्ला प्रशासन कार्यालय र स्थानीयतहमा दबाव सृजना गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा आईतबार जिल्लामा संञ्चालन हुने यातायात व्यवसायीबीच वार्ता भएपनि कुनै निर्णण हुन सकेको छैन ।वार्तामा यातायात व्यवसायीबीच लोकल सेवा दिनेबारे बिमति उत्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र खड्काले लोकलसेवा संञ्चालन गर्न व्यवसायीले अटेर गरे प्रहरी,प्रशासन र स्थानीयतहले निर्णयगरि टुङ्गो लगाउने बताए ।यता स्थानीयतहले जनतालाई सेवामैत्री बनाउन लोकल सेवा अनिवार्य भएकाले यसका लागि स्थानीयतहले व्यवसायीलाई सहयोग गर्ने जनाए ।उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा करिव यातायात व्यवसायीका करिव ४ सय ५० भन्दा बढी जीप तथा बस संञ्चालनमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

ट्रेन्डिङ