श्यामशितल परियार,लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दोश्रो खत्रीठाँटी खुला रनिङ शिल्ड फुटवल प्रतियोगिता सुरु भएको छ ।स्थानीय जनशक्ति युवा क्लवको आयोजनामा मंगलबारबाट फुटवल प्रतियोगिता सुरु भएको हो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उनले मानव स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण रहेको उल्लेख गरे । गाउँगाउँमा फुटवल प्रतियोगिता हुनु आफैँमा गर्वको कुरा रहेको उनले बताए ।
आयोजक क्लवका अध्यक्ष नवीनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा ३० फुटवल समूहले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । द्धितीय हुनेले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको छ ।
सर्वाधिक गोलकताका साथै उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् । लुकेर बसेका खेलप्रतिभालाई उपाजगर गर्नुका साथै युवालाई रचनात्मक काममा लाग्न अभिप्रेरित गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।
सरोकारवालहरुले स्थानीय जनशक्ति युवा क्लवले खेलकुदका साथै समाजमा रहेका विकृति– विसंगति न्युनिकरणमा काम गर्दै आएकोमा खुशी व्यक्त गरेका छन् ।
समाजमा परिवतर्न आउने खालका सकारात्मक काम गर्न क्लव अबका दिनमा पनि लागिपर्नु जरुरी रहेको उनीहरुले बताएका छन् । प्रतियोगितात्मक खेल भने बुधबार बिहानबाट सुरु हुनेछ ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो