‘हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २’ विनर कविता थाइल्याण्डतर्फ, अरु विजेताहरु सिक्किम जाने

‘हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २’ विनर कविता थाइल्याण्डतर्फ, अरु विजेताहरु सिक्किम जाने

45108111_486889988485519_4060269332096090112_n

हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ विजेता कविता पौडेल थाइल्याण्ड ट्रिपका लागि पोखराबाट प्रस्थान गरेकी छन् । हालै सम्पन्न कन्टेस्टमा पोखरा बिरौटाकी १९ वर्षीया कविताले उपाधि जितेकी थिईन् ।

स्काई लर्ड ट्राभल एण्ड टुर्स, काठमाण्डौको प्रायोजनमा प्रतियोगिता विजेतालाई यो मौका मिलेको हो । एक हप्तासम्म बैंकक लगायतका शहरका पर्यटकीय गन्तव्यहरुमा घुमघामको कार्यक्रम रहेको आयोजक एपी इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जनाए ।

प्रतियोगितामा अन्य विजेताहरुले सिक्किम भ्रमणको अवसर प्राप्त गरेका छन् । पानारोमा टुर्स एण्ड ट्राभल्सले यो व्यवस्था गरेको छ । फस्र्ट रनरअप पोखरा छोरेपाटन निवासी पोखरा लिंकन कलजेमा अध्ययनरत २१ वर्षीय विश्वदीप थापा, सेकेण्ड रनरअप बुटवलकी रुबी रानामगर, थर्ड रनरअप लेकसाईड निवासी पोखरा टेक्नीकल स्कुल (सिटिईभिटी) अध्ययनरत २० वर्षीय उज्वल बहादुर कार्की सिक्किम भ्रमणमा जाने आयोजकले जनाएको छ । यस्तै, पब्लिक च्वाईस् विजेता नुर पुन पनि टोलीमा रहनेछन् ।

प्रतियोगितामा १० युवती र १६ युवाको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ