यातायात व्यवस्था कार्यालय गण्डकीमा कुनै बेला सेवाग्राहीको भीड थेगि नसक्नु हुन्छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाबाहेक नै प्रत्येक दिन राजस्व बुझाउने, नयाँ दर्ता र नवीकरणका लागि आउने सेवाग्राहीको घन्टौ लाइनमा बसेपछिमात्रै पालो आउँथ्यो ।
प्रत्येक दिन नयाँ दर्ता, नवीकरण गर्न र राजस्व बुझाउन यातायातको लाइसेन्स कार्यालयमा पाँच सयको हाराहारीमा सेवाग्राही आउने तथ्यांकले देखाउँछ । फाँटमा अव्यस्थित लाइन र चापले सेवा नै प्रभावित हुने अवस्था थियो । अब कार्यालयमा यो भीड केही हदसम्म व्यवस्थित हुने भएको छ ।
बुधबारदेखि कार्यालयमा टोकन सिस्टमबाट सेवा दिन थालिएको हो । साँघुरो कार्यालयबाट सेवा लिन ठूलै सास्ती खेप्नुपरेको र बलमिच्याइँसमेत हुने गरेको सेवाग्राहीका गुनासोपछि मन्त्रालयले झन्डै साढे ४ लाख रुपैयाँ खर्चेर टोकन मेसिन ल्याएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयले कार्यालयमा बुधबारदेखि टोकन मेसिन जडान गरेर प्रयोगमा ल्याएको हो । टोकन मेसिन सञ्चालनमा आएसँगै अब पहिला आउने सेवाग्राही पहिलो प्राथमिकता पाउने छ । मेसिनमा ३ वटा प्रकारले छुट्याएको छ । नयाँ दर्ता, नवीकरण र राजस्व बुझाउन के गर्न कार्यालय पुगेको हो त्यही नामको बटममा दबाएपछि आउने नम्बरअनुसार पालोमा सेवाग्राहीले सेवा पाउने छन् ।
पार्दीस्थित कार्यालयमा भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले मेसिनको उद्घाटन गर्दै चुस्त सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए । ‘यातायात कार्यालयको सेवा र सेवाग्राहीका समस्याप्रति मन्त्रालय गम्भीर छ,’ मन्त्री बस्नेतले भने, ‘सीमित स्रोत साधनकाबीच सेवाग्राहीले दुख नपाऊन् ।’
यातायात कार्यालय सेवाका सम्बन्धमा बढी आलोचित हुने गरेको बताउँदै मन्त्री बस्नेतले जनताको मन जित्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । ‘यातायात अलि बढी आलोचित हुने गर्छ । उत्कृष्ट सेवा दिनुहोस् । राम्रो काम गर्ने कर्मचारीलाई हामी प्रोत्साहन गर्छौं,’ मन्त्री बस्नेतले भने, ‘काम नगर्ने कर्मचारीका अब दिन गए । हामी कार्यालयको निरन्तर निगरानी गर्नेछौं ।’
राज्यलाई राजस्व बुझाउन जाँदा सेवाग्राहीलाई दुख दिने होइन प्रोत्साहन गर्न मन्त्री बस्नेतले कर्मचारीलाई निर्देशन दिए । यातायात कार्यालय प्रदेश सरकार मातहत आएसँगै कम गुनासो आउने गरी काम गर्ने सवालमा मन्त्रालय गम्भीर रहेको मन्त्री बस्नेतको भनाइ थियो ।
उभिएर लाइनमा बस्नुपर्ने, बलमिच्याइँ हुने, कर्मचारीसँग सेटिङ मेलाउनेजस्ता कुरालाई रोक्न टोकन सिस्टमले केही हदसम्म सहयोग पुर्याउने मन्त्री बस्नेतको विश्वास छ ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वर मरहट्टाले मन्त्रालय र यातायात कार्यालय अब नजिक भएकाले बढी निगरानी हुने बताए । ‘यातायात कार्यालयको पहिलेको सेवा र अब दिने सेवामा फरक आउनुपर्छ,’ सचिव मरहट्टाले भने, ‘मन्त्रालय र कार्यालय अब दूरीका हिसाबले नजिक छ । हामी निरन्तर निगरानीमा हुने छौं । सचेत रहेर सेवा दिनुहोला ।’
कार्यालयका निमित्त कार्यालय प्रमुख गोकुल शर्माले जनशक्ति र प्रविधिको अभाव बिस्तारै हट्दै गएकाले सेवा पनि सहज हुँदै गएको जानकारी दिए ।
कार्यालयको सेवा छरितो बताउने र अझ व्यवस्थित बनाउन मन्त्रालयले थप कार्यक्रम ल्याउने मन्त्री बस्नेतको भनाइ छ ।
-अनलाइनखबरबाट
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो